फोटोन मोटर्सले दसैँको अवसरमा एक हप्ता फ्रि सर्भिस एण्ड ड्राइभर क्याम्प संचालन गर्ने

काठमाडौं । फोटोन मोटर्सले ‘फ्रि सर्भिस एण्ड ड्राइभर ट्रेनिङ क्याम्प’ आयोजना गर्ने भएको छ । यही असोज १७ देखी असोज २२ गतेसम्म फोटोन मोटर्सका ग्राहकले फ्रि सर्भिस एण्ड ड्राइभर ट्रेनिंङ क्याम्पको लाभ उठाउन पाउनेछन् ।
फोटोन मोटर्सको अधिकारिक वर्कसप सीतापाइलामा एक हप्तासम्म चल्ने उक्त योजना फोटोन मोटर्सका सम्पूर्ण प्रकारका गाडीहरुको फ्रि सर्भिसिंङ हुने कम्पनिका सर्भिस हेड विदेश मान सिंह डंगोलले जानकारी दिए ।
उक्त अवधिभर फोटोन गाडीका ग्राहकहरुले फोटोन जेन्यूइन स्पेयर पार्टसमा १० प्रतिशत छुट, ल्युब्रिकेट्समा १५ प्रतिशत छुट तथा अन्य लेवर चार्ज र चेकअपमा शत प्रतिशत छुटको व्यवस्था गरेको छ ।
यसका साथै क्याम्पमा फोटोन गाडी सम्बन्धि अनलाइन परामर्श, चालक प्रशिक्षण कार्यक्रम तथा विभिन्न प्रकारका आकर्षक गिफ्ट दिने छ ।
नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रा.लि.ले पिकअप टुनल्यान्ड ई, पिकअप टुनल्यान्ड एस, १९–सिट क्षमताको भ्यान भ्यु सीएस २ एल १६–सिट क्षमताको भ्यान भ्यु सीएस २, १५–सिट क्षमताको भ्यान भ्यु सी २ र विभिन्न प्रकारका एम्बुलेन्स बेच्दै आएको छ ।
प्रतिक्रिया