कुमारी क्यापिटलको उत्सवलाई महाउत्सव बनाउने योजना सार्वजनिक

काठमाडौं । कुमारी क्यापिटलले उत्सवलाई महाउत्सव बनाउने योजना सार्वजनिक गरेको छ । कम्पनीले पूँजी बजार भन्दा बाहिर रहेका नयाँ लगानीकर्ताहरुलाई हितग्राही खाताको पहुँच वृद्धि हुने विश्वासका साथ यो योजना ल्याइएको हो । साथै डिम्याट खाता सम्बन्धी समस्याहरुबाट गुज्रिएका खातावालाहरुलाई समेत यो योजनाले लाभान्वित हुने अपेक्षा क्यापिटलले गरेको छ ।
साथै, क्यापिटलले उत्सवलाई महाउत्सव बनाउनका लागि ग्राहकवर्गहरुमा विभिन्न योजनाहरु लागु समेत गरेको छ । यस अन्र्तगत नेपाल सरकारको “एक नेपाली एक डिम्याट खाता” अभियान अन्तर्गत निःशुल्क हितग्राही खाता खोल्न सकिनेछ । खाता खोल्नका लागि अनलाईनमार्फत क्यापिटलको वेभसाईटमा गई निबेदन दिन सकिनेछ तथा कुमारी बैंक लिमिटेड का सम्पुर्ण शाखा कार्यालयहरु र कुमारी क्यापिटल लिमिटेडबाट खाता खोल्न सकिनेछ ।
निःशुल्क लगानी परामर्श दिने, खाता खोल्ने ग्राहकवर्गलाई पोर्टफोलियो म्यानेजमेन्ट सेवामा वाार्षिक शुल्कमा २५ प्रतिशत छुट प्रदान गरिने, आफुसँग भएको भौतिक सेयरहरुलाई तुरुन्त डिम्याट खातामा ल्याउने व्यवस्था गरिने र खाता सम्बन्धी समस्याहरु परेमा ग्राहकहरुले हाम्रो हट लाईन (०१ ५९७००८२) मा फोन गरि समस्याको यथासिघ्र निराकरण गरिने कम्पनीले जानकारी दिएको छ ।
कुमारी क्यापिटलमा डिम्याट खाता खोली आफुसँग भएको सानो-सानो पूँजीलाई लगानी गरी पूँजी निर्माण गर्ने बानी बसाली भोलिको गर्जो टार्न सक्ने पथमा अग्रसर हुनको लागि क्यापिटलले सबैमा अपिलसमेत गरेको छ । आजको सानो लगानी भोलिको सुनौलो बिहानी बन्ने भन्दै क्यापिटलले ल्याएका योजनाको समयमा नै फाइदा उठाउनसमेत क्यापिटलले अनुरोध गरेको छ । क्यापिटलका अनुसार यो योजना सिमित अवधिको लागि मात्र रहेको छ ।
प्रतिक्रिया