‘आई पे आयो, दक्षिणा पायो’

काठमाडौं । आई पे रेमिटले ‘आई पे आयो, दक्षिणा पायो’ योजना सार्वजनिक गरेको छ । नेपालीहरुको माहानपर्व विजयादशमी, शुभदिपावली, नेपाल संम्वत र छठलाई लक्षित गरी आई पे रेमिट प्रा.लि. ले ‘आई पे आयो, दक्षिणा पायो’ विशेष योजना र्सावजनिक गरेको हो ।
यो योजना असोज १५ गतेबाट सुरु भई कार्तिक २५ गतेसम्म लागु हुनेछ । यस योजना अन्र्तगत हरेक दिन पाँच जना भाग्यशाली विजेताले दक्षिणा स्वरुप दुई हजार रुपैयाँ, हरेक साता भुक्तानी दिने भाग्यशाली पाँच जाना साझेदार मित्रहरुलाई दक्षिणा स्वरुप पाँच हजार रुपैयाँ र बम्परमा एक जना भाग्यशाली विजेताले दक्षिणास्वरुप एक लाख रुपैयाँ प्राप्त गर्न सक्नेछन् ।
यो विशेष योजनामा मलेशिया, जापानलगायत विश्वको विभिन्नमुलूकबाट आई पे रेमिटर्माफत धेरैभन्दा धेरै कारोबार गरी योजनालाई सफल बनाई दिन सम्पुर्ण सेवाग्राही तथा साझेदारलाई कम्पनीले अनुरोध गरेको छ ।
नेपालको जुनसुकै ठाउँमा छरिएर रहेको १२ हजारभन्दा बढी भुक्तानी केन्द्रबाट आई पे रेमिटमार्फत पठाएको पैसा सजिलै प्राप्त गर्न सकिनुका साथै नेपालको जुनसुक बैंक तथा वित्तिय संस्थामा रियल टाईम अकाउन्ट डिपोजिट र २३ भन्दा बढी ई वालेटमा रियल टाईम मा टप अप गर्न सकिने आई पे रेमिट प्रा.लि. का बजार प्रमुख रुपनारायण श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया