बिहीबार, वैशाख ११, २०८२

लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था २३औं वर्षमा

नेपालखोज २०७८ असोज १५ गते १६:४९

ललितपुर । पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सफलताको २२औं वर्ष पुरा गरी २३औं वर्षमा प्रवेश गरेको छ ।

२३औं वार्षिकोत्सवको अवसरमा संस्थाका अध्यक्ष श्री अमरदास श्रेष्ठले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारी क्षेत्रको समग्र विकास गर्न आगामी वर्षहरुमा थप नयाँ कार्यक्रम र योजना अघि बढाउदै लैजाने बताए ।

उनले पछिल्लो समय संस्थाविरुद्ध भएका केही अनर्गल प्रचारले संस्थालाई कुनै असर नपरेको स्पष्ट पारे । संस्थाको मुख्य कार्यालयमा आयोजित कार्यक्रममा उनले करिब २५ हजार सेयर सदस्यको लगानीमा संचालित संस्थाले आगामी दिनमा थप प्रगति गर्दै अघि बढ्ने बताए ।

प्रतिक्रिया