आइतबार, वैशाख ७, २०८२

साओमी-११ लाइट एनई स्लिम फोन !

नेपालखोज २०७८ असोज १७ गते १२:१०

काठमाडौं । चीनको स्मार्टफोन कम्पनी साओमीले आफ्नो नयाँ स्मार्टफोन साओमी-११ लाइट फाइभ-जी एनई सार्वजनिक गरेको छ । कम्पनीको दाबीअनुसार यो फोन वर्ष २०२१ कै सबैभन्दा स्लिम (पातलो) र हल्का फाइभ-जी स्मार्टफोन हो । साओमीका अनुसार यो फोन ६.८१ एमएम पातलो छ र यसको वजन १५८ ग्राम मात्र छ ।

यो फोन तीन भेरियन्टमा उपलब्ध गराइएको छ जसको कलर टस्कनी कोरल, ज्याज ब्लु र विनयल ब्ल्याक छ । यसमा क्वाडकम स्नेपड्रयागन ७७८ जी प्रोसेसर दिइएको छ । कम्पनीका अनुसार यसमा जडान भएको सीपीयू तथा जीपीयूको परफर्मेन्समा ४० प्रतिशतले सुधार ल्याइएको छ । यो फोन मीयू १२.५ का साथ आउँछ जसमा प्रिमियम युजर र एड-फ्री एक्सपिरियन्स प्राप्त हुन्छ । यसको कोर सिस्टम एप्स हटाउन वा अनइस्टल गर्न मिल्छ ।

यो फोनमा भएको एनईले १२ ब्यान्ड सपोर्ट गर्नुका साथै यो ग्लोबल फाइभ-जीका साथ आउँछ । यसले यो फोनलाई संसारभर अथवा संसारका अधिकांश क्षेत्र र महाद्वीपहरुमा फाइभ-जी चलाउन सक्षम बनाउँछ । यसका साथ यसमा इन-बिल्ट एनएफसी पनि हुन्छ जसले कन्टयाक्टलेस पेमेन्ट र छेउछाउका डिभाइससँग एक क्लिकमा कनेक्ट हुन मद्दत पुर्‍याउँछ ।

यो आफ्नो सेग्मेन्टको फोनमा त्यस्तो पहिलो फोन हो जसमा १० बिट डिस्प्ले छ । यसले ८-बिट डिस्प्ले प्रविधिको तुलनामा ६४ गुणा बढी कलर दिन्छ । १० बिट एमोलेड डिसप्लेका साथ यो स्मार्टफोनमा एचडीआर १० प्लस र वाइडवाइन एल १ सपोर्ट पनि छ । यो फोन नेटफ्लिक्समा डल्भि भिजन नेटफ्लिक्स सर्टिफाइड छ । यसको अर्थ के हो भने प्रयोगकर्ताले यो स्मार्टफोनमा डल्भी भिजन सपोर्ट भएका नेटफ्लिक्स सिरिजको आनन्द उठाउन सक्छन् ।

यो फोनमा ६४ मेगापिक्सेलको ट्रिपल प्रो क्यामेरा सेटअप दिइएको छ । यो फोनमा ८ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा, ५ मेगापिक्सेलको टेलिमाइक्रो क्यामेरा, २० मेगापिक्सेलको फ्रन्ट फेसिङ क्यामेरा तथा ५० भन्दा बढी डाइरेक्टर मोडको सुविधा छ ।

यो स्मार्टफोनमा जडान भएको ४२५० एमएएचको ब्याट्री ३३ वाटको फास्ट चार्जिङ सपोर्टबाट चार्ज हुन्छ । कम्पनीका अनुसार, यो फोन २० मिनेटभित्र शून्यबाट ५० प्रतिशत चार्ज भइसक्छ । साओमीले साओमी-११ लाइट फाइभ-जी एनई सार्वजनिक गर्नुभन्दा एक महिना पहिले अर्थात् सेप्टेम्बरको सुरुमा साओमी-११ फाइभ-जी एनई लन्च गरेको थियो ।

६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भएको भेरियन्टको अन्तर्राष्ट्रिय बजार मूल्य ४५ हजार रुपैयाँ माथि छ भने ८ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भएको भेरियन्टको अन्तर्राष्ट्रिय बजार मूल्य ४८ हजार जस्तो पर्न आउँछ ।

अन्य स्लिम फोन :
१.एप्पलको आइफोन-१२ प्रोको वजन १८९ ग्राम छ । यसको आकार १४६.७x७१.५ x७.४ एमएम छ ।
२. सामसुङ ग्यालेक्सी एस-२१ फाइभ-जी पनि पातलो र हल्का फोन हो । यो फोनको तौल १६९ ग्राम छ भने डाइमेन्सन १५१.७x७१.२ x ७.९ एमएम छ ।
३. एप्पलको आइफोन-१२ मिनी मात्र १३५ ग्रामको छ र यसको डाइमेन्सन १३१.५ x६४.२x७.४ एमएम छ ।
४. ओप्पो एफ-१९ प्रोको आकार १६०.१x७३. x७.८ एमएम छ । ओप्पोको यो फोनको वजन १७३ ग्राम छ ।
५. १७० ग्रामको भिभो वाई ७३ को डाइमेन्सन १६१.२४ x७४.३७ x७.३८ एमएम छ ।

प्रतिक्रिया