अहिंसा र शान्तिको सन्देश दिने लुम्बिनीलाई थप प्रवर्धन गर्न आग्रह
नेपालखोज
२०७८ असोज १७ गते ९:२२

काठमाडौं । परोपकारी संस्था बुद्ध फाउण्डेशन बेलायतले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको थप पर्यटन प्रवर्धन र संरक्षण गर्न नेपाल सरकारलाई अनुरोध गरेको छ ।
सन् २०१७ मा सो संस्था दर्ता भएको थियो । लण्डनस्थित नेपाली दूतावासमार्फत हालै सरकारलाई एक ज्ञापनपत्र बुझाउँदै फाउण्डेशनले बुद्धजन्मस्थलका बारेमा अन्तर्राष्ट्रियस्तरमा थप प्रवर्धनका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको हो ।
त्यहाँस्थित राजदूत लोकदर्शन रेग्मीलाई फाउण्डेशनका अध्यक्ष दीपक श्रेष्ठसहित कार्यसमितिका पदाधिकारीले ज्ञापनपत्र बुझाउनुभएको थियो ।
ज्ञापनपत्रमा विश्वमा अहिंसा र शान्तिको सन्देश दिने गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई थप प्रवर्धन गर्न र राहदानीमा लुम्बिनीलाई समावेश गराउन भनिएको छ । रासस
सम्बन्धित
प्रतिक्रिया