लस्कर फुड्सबाट खाना, खाजा मगाउँदा ५० प्रतिशतसम्म छुट

काठमाडौं । अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले खाना खाजा मगाउँदा ५० प्रतिशत सम्म छुट दिने भएको छ । लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो ।
ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घरघर-कार्यालयमा पुर्याउने लक्ष्य लस्कर फुड्सले लिएको छ । लस्कर फूड्सले हाइजेनिक किचेनको अवधारणालाई अघी सारेर फुड डेलीभरी गर्न लागेको हो ।
चाडवाड बिशेष अफरमा लस्कर फुडसले ५० प्रतिशत छुट दिन लागेको हो । आज देखि ल्याइएको छुट आगामी असोज २५ गते सम्म चल्ने लस्कर फुडसका प्रमुख कार्यकारी अधिकृत सुमन ओस्ती बताउँछन् ।
लस्कर फुडसले आफ्नो किचेन बन्दगर्दा हुन्छ लस्कर फुडस बाट मगाउँदा हुन्छ भन्ने मुल नारा लिइ अघि बढेको ओस्ती बताउँछन् । नेपालीको महान चाडबाडलाई मध्यनजर गरी समयमा सस्तो मिठो हाइजेनिक खाजा खुवाउने लक्ष्य लस्कर फुडसले लिएको कम्पनीका प्रमुख कार्यकरी अधिकृत सुमन ओस्तीले बताए ।
लस्कर फुडसले यस अफर सँगै, अरु विभिन्न अफर समेत ल्याएको छ । गतहप्ता लस्कर फुडसले अन्लाइन फुड प्रतियोगिता समेतको आयोजना गरेको थियो ।
लस्कर फुड्सको प्रमुख आर्कषण नै गुणस्तरीय खानेकुरा अनलाइनमार्फत घरघर अफिसमै उपलब्ध गराउने लक्ष्य रहेको छ ।
तोकेको समय सीमाभित्रै अर्डर गरिएका खानेकुरा डेलिभरी गर्नुनै लस्कर फुड्सको प्रमुख उद्देश्य हो ।
काठमाडौं उपत्यकाबासीव्यस्तहुने र अनलाइन इ–कर्मस, फुड डेलिभरीप्रति आमनागरिकहरुको आकर्षण बढ्दै गएपछि लस्कर फुडसले ५० प्रतिशतको अफर अघी सारेको हो ।
बजारमा दर्जनौं फुड डेलिभरी प्लेटफर्म रहे पनि लस्कर फुड्स तिनीहरु भन्दा भिन्न रहेको लस्कर फुडसका प्रमुख कार्यकरी अधिकृत ओस्तीको दाबी छ ।
प्रभु–पे, इसेवा, खल्तीका साथै क्यास अन डेलिभरीबाट विलतिर्न मिल्ने ब्यबस्था रहेको छ । ठमेल पकनाजोलस्थित रहेको लस्कर फुड्सको कार्यालयमा सिधैं फोन गरेर ०११–४७००५५४ – ४७००५५३ वा लस्कर फुडस अनुप्रयोग (एप) बाट आफूलाई मन पर्ने खाना खाजा मगाउन सकिने प्रमुख कार्यकारी अधिकृत सुमन ओस्ती बताउँछन् ।
प्रतिक्रिया