बिहीबार, वैशाख ११, २०८२

नबिलका ग्राहकलाई बिग मार्टमा १ हजार छुट !

नेपालखोज २०७८ असोज २० गते १२:०५

काठमाडौं । नेपालीहरुको चाड बडादसैँको उपलक्ष्यमा नबिल बैंकले ‘नबिल दसैँ धमाका अफर’ ल्याएको छ ।

यस अफरअन्तर्गत नबिल बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले बिग मार्ट, दराज र किरानामा कार्ड प्रयोग गरेबापत क्यासब्याक पाउन सक्नेछन् ।

नविल बैंकको यो अफर बमोजिम ग्राहकहरुले बिग मार्टमा १ हजार रुपैयाँ छुट वा अधिकतम ३ सय रुपैयाँसम्म क्यासब्याक पाउन सक्ने छन् । यो अफर घटस्थापनाको दिन लागु हुनेछ ।

त्यस्तै किरानामा १५ सय छुट वा अधिकतम १५ सय रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन् । किराना पसलमा यो अफर अक्टोबर ४ देखि अक्टोबर ११ सम्म लागु हुनेछ ।

दराजमा भने हरेक शुक्रबार १ हजार रुपैयाँ छुट वा अधिकतम पाँच सय रुपैयाँसम्म पाउन सक्नेछन् । यस अफर मार्फत नविल बैंकले आफ्नो ग्राहकवर्गहरुमा दशैंको उपलक्ष्यमा नयाँ हर्ष ल्याउन खोजेको छ ।

यस अफरको लाभ लिन नबिल बैंकको डेबिट अथवा क्रेडिट कार्ड चाहिने हुनाले नबिल बैंकको नजिकको शाखामा गई खाता खोलेर ग्राहकहरुले डेबिट र क्रेडिट कार्ड मार्फत क्यासब्याकको अफर लिन सक्ने छन् ।

सन् १९८४ देखि आफ्ना सम्माननीय ग्राहकलाई समयानुकूल सेवा प्रदान गर्दे आएको यस नबिल बैंकको १३५ शाखा, १८५ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोसेढुंगाको रुपमा काम गर्दै आएको छ ।

यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ युगको सुरुवात गर्नेतर्फ केन्द्रित छ ।

प्रतिक्रिया