बिहीबार, वैशाख ११, २०८२

एनएमबी बैंकका ग्राहकले सीजी इलेक्ट्रोनिक्सका सामानमा ४० प्रतिशतसम्म छुट

नेपालखोज २०७८ असोज २० गते १७:०७

काठमाडौं । आउँदो बडा दशैं, तिहार र छठ पर्वको अवसरमा एनएमबि बैंकले महाछुट अफर प्रस्तुत गरेको छ ।

यस घटस्थापना देखि सिजि डिजिटल तथा एल.जी. शपी शोरुमहरुबाट एलजी, सिजी, गोदरेज, टिसिएल, सेन्साई, केन्ट, इलिका एण्ड ब्याल्क डेकोरको समानको खरिदमा एनएमबिको तर्फबाट २० प्रतिशत देखि १५ सय रुपैयाँको क्यास ब्याक सुविधा र तत्काल छुटको रुपमा २० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।

साथै आफ्ना ग्राहक तथा कर्मचारीहरुको लागि सीजी इलेक्ट्रोनिक्सका सामानहरु किस्ताबन्दीमा खरीद गर्न पाउने गरी सम्झौता गरेको छ ।

एनएमबि बैंकका क्रेडिट कार्ड प्रयोग कर्ताले सि.जी. डिजिटल तथा एल.जी. शपी शोरुमबाट आफुलाई आवश्यक पर्ने सामानहरु खरिद स्थलमै किस्ताबन्दीमा गर्न सक्नेछन् ।

यसको लागी ग्राहकले सि.जी. डिजिटल तथा एल.जी. शपी शोरुमबाट भुक्तानी गरी समान खरिद गर्नेछन र उक्त खरिद रकमलाई एनएमबि बैंकले ईएमआईमा रुपान्तरण गर्नेछ ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

प्रतिक्रिया