३३ दिनमा सकियो ‘प्रेमगन्ज’ को काठमाडौं छायांकन

काठमाडौं । अघिल्लो लकडाउनमा छायांकन सुरु भएको चलचित्र ‘प्रेमगन्ज’ को काठमाडौं सेड्युल ३३ दिनमा सकिएको छ । यस भन्दा पहिले नै २७ दिन सुट भैसकेको चलचित्रको काठमाडौंमा ३३ दिन छायांकन भएको हो ।
अझै चलचित्रको सम्पुर्ण सुट सक्न भने १५ दिन लाग्ने छ जुन दशै पछिको कार्यतालिका अनुसार काभ्रेको नाला, दोभानटार , सुनापाती र मादनमा हुने छ ।
सामान्यतया नेपाली चलचित्रको छायाकंन ४० दिनको रहने गर्छ । अझ धेरै जस्तो चलचित्र त २५ देखि ३० दिन मात्रै सुट चल्ने गर्छ । तर चलचित्र प्रेमगन्जको भने ७५ दिन छायांकन चल्ने छ ।
अन्य तिन वटा नेपाली चलचित्र खिचे झै तपाइले यस्मा त्यस्तो के विशेष खिच्नु भयो र यत्रो समय लाग्यो ? भन्ने प्रश्नमा निर्देशक परिच्छेद सेनले भने ‘अन्य नेपाली चलचित्रमा ५५ देखि १ सयको हराहारीसम्म्को दृश्य संख्या हुन्छ । यसमा ए-बि सहित ३५० दृश्य छ । लगभग १० हजार सट छ । त्यस मध्य पनि लोकेशन अतिनै सिफ्ट छ । त्यसकारण पनि धेरै दिन लागेको होला ।’
३ सय ५० दृश्य र दसहजार सटको चलचित्र कस्तो बन्ला त्यो भने हेर्न बाँकी नै छ । चलचित्र २०२२ मा प्रदर्शन हुने बताइएको छ ।
सेनको लेखन तथा निर्देशनमा निर्माण भैरहेको चलचित्रलाई सन्जय लामाले छायांकन गरिरहेका छ्न् भने चलचित्रको कार्यकारी भुमिकामा अनन्तमान श्रेष्ठ छ्न् । “प्रेमगन्ज“ चलचित्र चौतारीको व्यानरमा निर्माण भैरहेको छ ।
प्रतिक्रिया