बैंक ग्यारेन्टी वा स्टान्ड बाई लेटर अफ क्रेडिटको अधिकम सीमा ५० लाख मात्र

काठमाडाैं । बैंक ग्यारेन्टी वा स्टान्ड बाई लेटर अफ क्रेडिटको अधिकम सिमा ५० लाख रुपैयाँ मात्र कायम भएको छ । राष्ट्र बैंकले वाणिन्य बैंक र राष्ट्रियस्तरको विकास बैंकहरुको नाममा परिपत्र जारी गर्दे यो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ अनुसार व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको राष्ट्र बैंकले जानकारी पदएको छ । यस अनुसार बैंक ग्यारेन्टी वा स्टान्ड बाई लेटर अफ क्रेडिटको अधिकम सिमा ५० लाख वा सो बराबरको अन्य विदेशी मुद्रा हुने छ ।
त्यस्तो सिमा बैंक ग्यारेन्टी वा स्टान्ड माई लेटर अफ क्रेडिटको निवेदकले पछिल्ला पाँच आर्थिक बर्षहरुभित्र बैंकिङ प्रणालीमा गरेको कुल विदेशी मुद्रा भन्दा बढी हुने छैन र बिदेशमा लिइने ऋण रकमभन्दा बढी हुने छैन, राष्ट्र बैंकले भनेको छ ।
यसको लागि कर चुक्ता प्रमाणपत्र वा कर बुझाएको आवस्यक कागजपत्र, पछिल्लो लेखापरिक्षण प्रतिवेदन, लगायतका कागजातहरु आवस्यक पर्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।
यो व्यवस्था अनुसार बैंक ग्यारेन्टी वा स्टान्ड बाई लेटर अफ क्रेडिट जारी गरे पश्चात सिर्जना हुुने सम्पुर्ण दायित्व सम्वन्धीत बैंक तथा वित्तीय संस्था कै हुने छ भने बिदेशमा ऋण लिने प्रयोजनको लागि यस्तो बैंक ग्यारेन्टी वा स्टान्ड बाई लेटर अफ क्रेडिट जारी गर्न पाईने छैन ।
तर विदेशी मुुद्रा आम्दाानी गरेका नेपाली फर्म, कम्पनी, संघ, संस्था निकायलाई विदेशमा कारोवार सञ्चालन गरी नेपालमा थप विदेशी मुद्रा भित्र्याउने प्रयोजनका लागि आवस्यक कागजातका आधारमा विदेशमा ऋण लिने प्रयोजनको लागिसमेत बैंक ग्यारेन्टी वा स्टान्ड बाई लेटर अफ क्रेडिट जारी गर्न राष्ट्र बैंकले स्वीकृती प्रदान गर्न सक्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया