बिहीबार, वैशाख ११, २०८२

ग्लोबल आइएमई बैंकले १३ प्रतिशत लाभांश दिने

नेपालखोज २०७८ असोज २५ गते १५:५५

काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७७/०७८ मा आफ्ना सेयरधनीहरुलाई १३ दशमलव पाँच प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

बैंक संचालक समितिको आज सोमबार बसेको तीन सय ९३औं बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको १५औँ वार्षिक साधारण सभाको स्वीकृति पश्चात आ.व.२०७७/०७८ को वितरण योग्य मुनाफा समेतबाट आफ्ना सेयरधनीहरुलाई दुई अर्ब ९२ करोड बराबरको १३ दशमलव पाँच प्रतिशत लाभांश (बोनश शेयर १० प्रतिशत र नगद लाभांश तीन दशमलव ५० प्रतिशत) वितरण गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको छ ।

हाल बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैँया रहेकोमा प्रस्तावित १० प्रतिशत वोनस शेयर वितरण पश्चात चुक्ता पुँजी २३ अर्ब ७९ करोड पुग्ने छ ।

त्यस्तै, नगद लाभांश वितरण पश्चात बैंकको कुल पुँजीकोष ३६ अर्ब ९२ करोड रहने छ । देशमा संचालित कुनै पनि वाणिज्य बैंकहरु भन्दा यो पुँजीकोष अत्यधिक रहेको छ ।

बैंकले आ.व.२०७७/०७८ मा चार अर्ब १६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । १० प्रतिशत बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ पुग्ने छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आएको छ । बैंकले भारत, अष्ट्रेलिया र बेलायतमा प्रतिनिधि कार्यालय खोली बैकिङ्ग कारोबर गर्दै आएको छ ।

कुल दुई खर्ब ७७ अर्ब निक्षेप तथा दुई खर्ब ६५ अर्ब कर्जा लगानी रहेको बैंकको हाल ७६ जिल्लामा फैलिएका दुुई सय ८० वटा शाखाहरु, ४७ राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, दुई सय ५० वटा एटिएम, तथा दुुई सय ५७ वटा शाखा रहित बैंकिङ्ग सेवातथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब आठ सय सेवा केन्द्रबाट २६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया