क्रिप्टोकरेन्सीले भरिरहेको छ लगानीकर्ताको झोला !

काठमाडौं । संसारको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनले अक्टोबरमा अहिलेसम्म १२ हजार डलर अर्थात् करिब १४ लाख रुपैयाँ फाइदा दिइसकेको छ । उता इथेरियम र डगेक्वाइनमा पनि राम्रो रिटर्न देखिएको छ। जुन क्रिप्टोकरेन्सीमा एलन मस्कको लगानी भएको छ तिनले यो अक्टोबरमा जबरदस्त नाफा दिइरहेका छन् । संसारकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनले अक्टोबरमा अहिलेसम्म १२ हजार डलर अर्थात् करिब १४ लाख रुपैयाँ फाइदा दिइसकेको छ । उता इथेरियम र डगेक्वाइनमा पनि राम्रो रिटर्न देखिएको छ ।
५५ हजार डलर नाघ्यो बिटक्वइनको दाम !
आज संसारको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य ५५ हजार डलर पुगेको छ । बिटक्वाइनले करिब ९ प्रतिशतको वृद्धिका साथ ५४२६० डलरमा कारोबार गरिरहेको छ । १ अक्टोबरमा यो क्रिप्टोकरेन्सीको रेट ४३ हजारको छेउछाउ थियो । यो अंग्रेजी वर्षमा बिटक्वाइनमा ८६ प्रतिशतभन्दा बढीको रिटर्न दर्ता भएको छ ।
इथेरियमले ३६०० डलरको आँकडा पार गर्यो
अर्कातिर संसारको दोस्रो सबैभन्दा महँगो क्रिप्टोकरेन्सीको मूल्यले ३६०० डलरको पार आँकडा पार गरेको छ । अक्टोबरमा मात्र यो करेन्सीमा ६०० डलरको वृद्धि देखिसकिएको छ को । १ अक्टोबरमा यो करेन्सीको मूल्य २९ सय देखि ३००० डलरको बीचमा थियो । अहिले इथेरियमले ४.४५ प्रतिशत मूल्यवृद्धिका साथ ३५७६ डलरमा कारोबार गरिरहेको छ । स्मरणर होस् यो अंग्रेजी वर्षमा इथेरियम मूल्य ३८५ प्रतिशतसम्म बढिसकेको छ ।
डागेक्वाइनमा पनि छ दम
अहिले एलन मस्कको मन डागेक्वाइनमा छ । यही कारणले पनि यसमा तेजी वृद्धि देखापरिरहेको बताइन्छ । अहिले यो क्रिप्टोकरेन्सीले करिब ४ प्रतिशत वृद्धिका साथ ०.२५५५९७ डलरमा कारोबार गरिरहेको छ । यो अक्टोबर महिनामा डागेक्वाइनको मूल्यमा करिब २८ प्रतिशतको वृद्धि देखापरिसकेको छ । अनुमानअनुसार आगामी दिनमा यसमा अरु तेजी आउन सक्छ ।
प्रतिक्रिया