यस्तो बन्यो ‘माइला माइली’
नेपालखोज
२०७८ असोज ३१ गते १०:५५

काठमाडौं । अमेरिकामा रहेर पनि नेपाली सुगम संगीतमा कलम चलाइरहेकी भगवती न्यौपानेको शब्दमा रहेको ‘माइला माइली’ गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । सार्वजनिक गीतमा किरण भुजेल र एलिना चौहानको स्वर समावेश छ ।
प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । प्रेमलाई आकर्षक रुपमा प्रस्तुत गरिएको कारणले आम दर्शक तथा स्रोताले मन पराउनेमा आफू निकै आशावादी रहेको गीतकी रचनाकार न्यौपानेले बताइन । पुष्कर सुनुवारको संगीत तथा एरेन्ज गीतमा रहेको छ ।
मिलन शंकरको छायांकन, दिनशन शाहको सम्पादन तथा गणेश शाहीको निर्देशनमा बनेको ‘माइला माइली’ गीतको भिडियोमा रोहन नेपाली र विना राउतको फिचरिङ देख्न सकिन्छ ।
हेर्नुहोस् भिडियो :
सम्बन्धित
प्रतिक्रिया