सोमबार, वैशाख ८, २०८२

जेलबाट निस्किएर के गर्न चाहन्छन् आर्यन ?

नेपालखोज २०७८ असोज ३१ गते १९:३०

काठमाडौं । बलिउडका बादशाह शाहरुख खानका जेठा छोरा आर्यन खान यति बेला ड्रग्स पार्टीमा सहभागी भएको आरोपमा जेलमा छन्। अदालतले उनको जमानत याचिकामा फैसला दिन २० तारिखसम्मको समय दिएको छ ।

यसबिच आर्यन खानले मुम्बईको लागू ओैषध नियन्त्रण व्यूरोलाई जेलबाट बाहिर निस्किए पछि आफुले गरिबहरुको मदतमा जीवन समर्पित गर्ने कुरा बताएका छन्।

आर्यन खानको काउन्सिलिङ
पीटीआईका अनुसार, एनसिबीका डाइरेक्टर समीर वानखेडेले आर्यन खानको काउन्सिलिङ गरेका छन्। उक्त काउन्सिलिङका क्रममा आर्यनले वानखेडे समक्ष के बाचा गरे भने जेलबाट बाहिर आए पछि उनी गरिब र कमजोर मानिसहरुको सहायतामा ध्यान दिने छन्।

त्यसका अतिरिक्त आर्यनले समीर वानखेडेसँग के पनि भनेका छन् भने एक दिन उनी अवस्य यस्तो काम गरेर देखाउने छन् जसमा सबैलाई उनि प्रति गर्व हुनेछ। भनिन्छ आर्यन खान जेलमा निकै दिक्क र चिन्तित छन्। जेलमा उनले राम्रोसँग खाना पनि खाएका छैनन् । जेलमा दिईने खाना उनलाई मन पर्ने कुरै भएन्। जेलमा बाहिरको खाना बर्जित छ ।

धन्य आर्यनले जेलमा कैदिले लगाउने कपडा लगाउनु परेको छैन्। उनलाई आफ्नै पहिरन लगाउने अनुमति दिईएको छ । यद्यपि उनलाई जेलको तन्ना र कम्बलमा रात गुजार्न निकै कठिन हुने अनुमान गर्न भने गारो छैन्।

प्रतिक्रिया