बझाङमा ४ दिनपछि नेपाल टेलिकमको नेटवर्क सञ्चालनमा
नेपालखोज
२०७८ कार्तिक ३ गते १४:४३

काठमाडौं । बझाङमा ४ दिनपछि नेपाल टेलिकमको नेटवर्क सञ्चालनमा आएको छ ।
लगातारको वर्षातका कारण जिल्लामा फोन सेवा अवरुद्ध भएको थियो । फोन सेवा पूर्ण रूपमा अवरुद्ध भएपछि जिल्लाका सञ्चारमाध्याम पूर्णरुपमा सम्पर्कविहीन भएको थियो ।
नेपाल टेलिकमको नेटवर्कमा सुधार गरेसँगै बाढीपहिरो गएको ठाउँको एकीन तथ्याङ्क लिन सजिलो हुने प्रमुख जिल्ला अधिकारी मोहन अधिकारी बताए ।–रासस
सम्बन्धित
प्रतिक्रिया