बिहीबार, वैशाख ११, २०८२

सानिमा बैंक अब काठमाडौंको चपली र भक्तपुरको बालकोटमा

नेपालखोज २०७८ कार्तिक ४ गते २०:१०

काठमाडौं । सानिमा बैंक लिमिटेडले बिहीबार काठमाडौंको चपली र भक्तपुरको बालकोटमा बैंक कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ ।

चपली कार्यालयको समुद्घाटन बैंकका अध्यक्ष बिनयकुमार श्रेष्ठ र बुढानिलकण्ठ नगरपालिका वडा नं ७ का अध्यक्ष बस बहादुर महर्जनले संयुक्तरुपमा गरेका हुन् । त्यसैगरी बालकोट कार्यालयको समुद्घाटन सूर्यविनायक नगरपालिकाकी उपमेयर जिना बस्नेत र सूर्यविनायक नगरपालिकावडा नं. २ का अध्यक्ष कमलनाथ आचार्यले संयुक्तरुपमा गरेका हुन् ।

उदघाटन समारोहमा सानिमा बैंकका अध्यक्ष बिनयकुमार श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । सानिमा बैंकको देशको सातै प्रदेशमा ११६ कार्यालय र ९७ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

प्रतिक्रिया