विराटनगर विमानस्थलमा आजदेखि उडान हुने
नेपालखोज
२०७८ कार्तिक ६ गते ७:४६

काठमाडौं । विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा आउने भएको छ । तीन दिनदेखि विमानस्थल बाढीका कारण डुबानमा परेको थियो ।
दुई दिनसम्म उपकरणहरूको परीक्षणपछि मात्र विमानस्थल सञ्चालनमा आउन लागेको हो । आज बिहान १० बजेदेखि उडान सुरु हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
प्राधिकरणले बिहानदेखि बेलुकी ५ बजेसम्म दिउँसोको समयमा मात्रै मौसम अनुकूल उडान गर्ने गरी अनुमति दिएको हो ।
स्थानीय केसलीया खोलामा आएको बाढी विमानस्थलमा पसेकाले धावनमार्ग, पार्किङ एरियालगायतका ठाउँ डुबानमा परेका थियो ।
सम्बन्धित
प्रतिक्रिया