बिहीबार, वैशाख ११, २०८२

कुमारी बैंकका ग्राहकलाई रोडीयो क्याफ एण्ड बारको खानपिनमा १० प्रतिशत छुट

नेपालखोज २०७८ कार्तिक ८ गते ११:४२

काठमाडौं । कुमारी बैंक लिमिटेड र खुसिबू, काठमाडौंस्थित रोडीयो क्याफ एण्ड बारबीच सम्झौता भएको छ । बैंकले कुमारी बैंकका डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको हो ।

बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचार्य र रोडीयो क्याफ एण्ड बार प्राइभेट लिमिटेडका निर्देशक सुचित्रा महर्जनले हस्ताक्षर गरेका हुन् । सो सम्झौता बमोजिम कुमारी बैंकका ग्राहकवर्गले खुसिबूस्थित रोेडीयो क्याफ एण्ड बार प्राइभेट लिमिटेडका विभिन्न आउटलेट तथा खानपिनमा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

जिन्दगीको निरन्तर भागदौडमा थकित तन र मनलाई सक्रियशील राख्न लगायत शारीरिक स्फूर्ति एवं मानसिक उर्जा र सचेतना पूर्णजागरणका लागी विश्राम अत्यावश्यक रहेको छ ।

सोही कुरालाई मध्यनजर गर्दै, कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्य मार्फत रोडीयो क्याफ एण्ड बार प्राइभेट लिमिटेडका विभिन्न सेवाहरुमा बैंकका डेबिट तथा क्रेडिट कार्ड ग्राहकवर्गलार्ई आकर्षक छुटको व्यवस्था गरेको हो ।

बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १७३ एटीएम, ३३ शाखारहित बैंकिङ इकाइ तथा १४ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया