लुम्बिनी प्रदेशसभा बैठक स्थगित
नेपालखोज
२०७८ कार्तिक ८ गते १३:४९

बुटवल । आजका लागि बोलाइएको लुम्बिनी प्रदेशसभाको बैठक स्थगित गरिएको छ ।
प्रमुख प्रतिपक्षी दल एमालेले आफ्ना वडा र स्थानीय तहको अधिवेशनका कारण बैठकमा सहभागी हुन नसक्ने जनाएपछि बैठक स्थगित गरिएको हो ।
सभामुख पूर्णबहादुर घर्तीले एमालेको लिखित अनुरोधका आधारमा सोमबार बोलाइएको बैठक स्थगित गरिएको बताए ।
अबको बैठक यही कात्तिक ११ गते बिहीबार बोलाइएको छ । यसअघि पनि एमाले विधान अधिवेशनका कारण असोजमा बैठक स्थगित गरिएको थियो ।
बैठकमा सहभागिता जनाएपनि सूर्य चिन्हबाट चुनाव लडेका तर, हाल सरकारमा सहभागी भएका दुई प्रदेशसभा सदस्यलाई पदमुक्तको माग गर्दै लगातार बैठक अवरुद्ध गर्दै आएको छ ।
सम्बन्धित
प्रतिक्रिया