बिहीबार, वैशाख ११, २०८२

केएनपीको ब्यूटी गोल्ड वासेवल नेपाली बजारमा

नेपालखोज २०७८ कार्तिक ८ गते १७:०१

काठमाडौं । जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपीले असोज १५ गतेदेखि नेपाली बजारमा आफ्नो नयाँ प्रोडक्ट केएनपी ब्यूटी गोल्ड वासेवललाई ग्राहकवर्गहरु माझ ल्याएको छ ।

विशेष गरी नेपालका घरलाई लक्षित गरेर लन्च गरिएको यस पेन्टलाई प्रयोग गरेपछि सजिलैसँग भित्तामा लागेका दागहरुलाई सफा गर्न सकिने छ ।

आर्कषक चमक रहेको यस एन्टि ब्याकटेरीयल केएनपी ब्यूटी गोल्ड वासेवलमा ग्राहकहरुले कम रंगमा धेरै क्षेत्रफल पेन्ट गर्न सकिन्छ । पेन्टमा हुने भीओसी (हानिकारक केमिकल) अत्याधिक रुपमा कम भएको र कम गन्ध रहेको यस पेन्टले भित्तामा लागेका दागहरु समेत हटाउने क्षमता राखी भित्तालाई वर्षौंसम्म नयाँ जस्तै राख्न मद्दत गर्दछ ।

सन् २०१२ देखि नेपालमा आफ्नो उत्पादन गर्न सुरु गरेको केएनपी जापानले वातावरण मैत्री पेन्टलाई प्राथमिकता दिँदै हेल्थी होम पेन्ट उत्पादन गर्दे आएको छ ।

नेपालमा भीओसी (हानिकारक केमिकल)रहित पेन्टलाई सशक्त रुपमा आत्मसाथ गर्दै अगाडि बढेको केएनपिले स्वास्थ्य जीवन र स्वच्छ वातावरण को प्रचार-प्रसार गर्दै आएको छ ।

प्रतिक्रिया