कस्तो छ नेपालको मोबाइल इन्टरनेट स्पिड ? हेर्नुहोस ग्लोबल र्याकिङ !

काठमाडौं । गत सेप्टेम्बर महिनाको तथ्यांक हेर्ने हो भने नेपाल मोबाइल इन्टरनेट स्पीडको मामिलामा दक्षिण एशियाका छिमेकी देश भारत, पाकिस्तान तथा श्रीलंकाको तुलनामा राम्रो स्थितिमा छ । नेपालले यो मामिलामा यी तीन वटै देशलाई पछाडि पारेको छ । Ookla को सेक्टेम्बर २०२१ को रिपोर्टअनुसार नेपाल यो सूचिका १३८ देश मध्ये ११० औं स्थानमा छ । नेपालले आफ्नो मोबाइल इन्टरनेट स्पीडमा ४ अंकले सुधार गर्दै उक्त स्थान हासिल गरेको हो । नेपालको मोबाइल इन्टरनेट स्पीड २२.३९ एमबीपीएस छ । यो सूचिमा पाकिस्तान ११७, भारत १२७ तथा श्रीलंका १२८ औं स्थानमा छन् । यद्यपि बाँकी राष्ट्रसँग तुलना गर्ने हो भने संसारको सबैभन्दा राम्रो इन्टरनेट स्पीड भएको मुलुक युएईको मोबाइल इन्टरनेट स्पीड २३८ एमबीपीएस छ । जुन नेपालको २२.३९ को तुलनामा धेरै राम्रो हो । नेपालले पछिल्लो ६ महिनामा ४ स्थान सुधार गर्दा पाकिस्तानले ३ तथा श्रीलंकाले एक स्थानको सुधार ल्याएका थिए भने भारतले एक स्थानको नोक्सानी ब्यहोरेको थियो ।
मोबाइल इन्टरनेट स्पीडमा दक्षिण एशिया
• नेपाल – ११० औं स्थान – २२.३९ एमबीपीएस
• पाकिस्तान – ११७ औं स्थान – १९ . ८२ एमबीपीएस
• भारत – १२७ औं स्थान – १७.८९ एमबीपीएस
• श्रीलंका – १२८ औं स्थान – १६.५९ एमबीपीएस
मोबाइल इन्टरनेट स्पीडमा उत्कृष्ट देश
• युएई – २३८ एमबीपीएस
• दक्षिण कोरिया – २०२ एमबीपीएस
• नर्वे – १७७ एमबीपीएस
• कतार – १७२ एमबीपीएस
• चीन – १६५ एमबीपीएस
फिक्स्ड ब्रोडब्यान्ड स्पीड
ब्रोडब्यान्ड स्पीडमा नेपाल १३८ मुलुक मध्य १०८ औं स्थानमा छ । ब्रोडब्यान्ड स्पीडमा भारत नेपाल भन्दा राम्रो स्थितिमा छ । नेपालको फिक्स्ड ब्रोडब्यान्ड स्पीड ३३.८७ छ भने भारत ६४.०३ एमबीपीएस फिक्स्ड ब्रोडब्यान्ड स्पीडका साथ ७१ औं स्थानमा छ । पाकिस्तान र श्रीलंका भने नेपालको पछाडि छन् । उत्कृष्ट फिक्स्ड ब्रोडब्यान्ड स्पीड भएको मुलुक स्विजरल्यान्डको स्पीड २९९.९६ एमबीपीएस छ ।
• भारत – ७१ औं स्थान – स्पीड ६४.०३ एमबीपीएस
• नेपाल – १०८ औं स्थान – स्पीड ३३.८७ एमबीपीएस
• श्रीलंका – १२४ औं स्थान – स्पीड २६.०८ एमबीपीएस
• पाकिस्तान – १६० औं स्थान – स्पीड १३.८४ एमबीपीएस
उत्कृष्ट ब्रोडब्यान्ड स्पीड भएका पाँच देश
• स्विजरल्यान्ड – २९९.९६ एमबीपीएस
• मोनाको – २६१.८२ एमबीपीएस
• सिंगापुर – २५५.८३ एमबीपीएस
• हङकङ – २५४.७० एमबीपीएस
• रोमानिया – २३२.१७ एमबीपीएस
प्रतिक्रिया