सोमबार, वैशाख ८, २०८२

आत्महत्या

सुनिल सापकाेटा २०७८ कार्तिक १३ गते ८:०८

आत्महत्या गर्नु भन्दा अधि
एउटा बयान दिनु पर्ला
कविताको रुपमा

किनकि
म मरे पछि
पुलिसले चिनोस
समाज लाइ पनि जानकारी होस्
तिनिहरुको नाम ….

किनकि
मलाई
यो लोकतन्त्र भित्र
मर्न बाध्य पार्ने
को को हुन् ?

किनकि
मलाई
यो कर्मचारी तन्त्र भित्र
मर्न बाध्य पार्ने
को को हुन् ?

किनकि
मलाई
यो समाज भित्र
मर्न बाध्य पार्ने
को को हुन् ?

आत्महत्या गर्नु भन्दा अधि
एउटा अर्को कविता पनि
ति ब्यक्तिहरु माथि लेख्नुछ
जो आत्महत्या गर्दिन भनेर
सोचेर बसिरहेका छन् …. ।

प्रतिक्रिया