बिहीबार, वैशाख ११, २०८२

महालक्ष्मी लाइफको लिडर्स समिट–२०७८ सम्पन्न

नेपालखोज २०७८ कार्तिक १४ गते १९:२०

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको लिडर्स समिट–२०७८ सम्पन्न भएको छ । कम्पनीले पोखराको ल्याण्डमार्क होटलमा “महालक्ष्मी लिडर्स समिट–२०७८“ सम्पन्न गरेको हो ।

कात्तिक १२ र १३ गते सम्पन्न उक्त सम्मेलनमा देश भरिबाट व्यवसायिक लक्ष्य पुरा गरेका बिमा अभिकर्ताहरुको सहभागिता रहेको थियो । जीवन बिमा व्यवसायमा परम्परागत बिमा व्यवसाय भन्दा फरक ढंगले आम जनतामा बिमाको पहुँच कसरी पुर्‍याउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

विकसित मुलुकमा शिक्षा, स्वास्थ्य र बृद्ध अवस्थाको जिम्मेवारी सरकारले लिएको हुन्छ । नेपाल जस्तो स्रोत साधन कम भएको देशमा बिमा क्षेत्रले त्यो दायित्व निर्वाह गरिरहेकोले अभिकर्ता पेशामा नेतृत्व कसरी विकास गर्ने, बिमालाई व्यवसायिक रुपमा संचालन गर्न कम्पनी र अभिकर्ताले गर्नु पर्ने कामहरुको विषयमा सहभागिहरुलाई तालिम दिइएको थियो ।

निम्न वर्गमा बिमाको पहुँच वृद्धि गर्न तथा युवा वर्गमा बीमा सम्बन्धी जनचेतना वृद्धिको लागि ‘युवा सँग–महालक्ष्मी लाइफ ‘ कार्यक्रमलाई अझै प्रभावकारी रुपमा गाउँ गाउँ सम्म पुर्‍याउने निर्णय समेत गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ सहायक महाप्रवन्धक प्रशान्तराज धमलाले तथा नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रवन्धक सिताराम धिमालले संचालन गरेको कार्यक्रमको पहिलो सत्रमा मोटिभेटर राजावावु साह र दोस्रो सत्रमा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले अभिकर्ता पेशामा नेतृत्व विकास सम्बन्धमा तालिम प्रदान गर्नु भएको जानकारी कम्पनीले दिएको छ ।

प्रतिक्रिया