सनराइज बैंकको खुद मुनाफा ४३ करोड सात लाख

काठमाडौं । सनराईज बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ४३ करोड सात लाख १६ हजार ५८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने बैंकको यस्तो नाफा ३८ करोड २९ लाख ७७ हजार दुई सय १२ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी नौ अर्ब ४८ करोड ७९ लाख ४४ हजार चार सय ९९ रुपैयाँ रहेको बैंकले चालु आवको पहिलो त्रैमासिक अवधिमा एक खर्ब २८ अर्ब २७ करोड ३९ लाख ८३ हजार दुई सय ३६ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १३ अर्ब ७३ करोड ५६ लाख ५४ हजार तीन सय ४० रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा ९२ करोड ३२ लाख ६१ हजार एक सय ९९ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव १३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा दुई दशमलव ४६ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरयोग्य नाफा भने छ करोड ७१ लाख ५५ हजार तीन सय २९ रुपैयाँ रहेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा भने बैंकले एक खर्ब छ अर्ब ४३ करोड २३ लाख ७० हजार छ सय २० रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४९ करोड छ लाख ५७ हजार ७७ रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
उक्त अवधिमा ९२ करोड ७९ लाख ७६ हजार एक सय ९९ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव ५८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ३३ प्रतिशत रहेको थियो ।
प्रतिक्रिया