ग्लोबल आईएमई बैंकको पहिलो त्रैमासिक नाफा एक अर्ब ११ करोड

काठमाडौं । ग्लोबल आईएमई बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा एक अर्ब ११ करोड २२ लाख २४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने बैंकले एक अर्ब पाँच करोड ८८ लाख ४० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।
हाल चुक्ता पुँजी २१ अर्ब ६३ करोड २५ लाख तीन हजार रुपैयाँ रहेको बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दुई खर्ब ६७ अर्ब ६६ करोड पाँच लाख ४४ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई खर्ब ५१ अर्ब ५१ करोड २० लाख ९७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा दुई अर्ब ३३ करोड ८९ लाख ७७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव ४९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव ४९ प्रतिशत स्प्रेड दर रहेको बैंकको कुल वितरणयोग्य नाफा भने तीन अर्ब ३५ करोड ८० लाख ११ हजार रुपैयाँ रहेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा भने बैंकले दुई खर्ब ६८ अर्ब ४३ करोड ३७ लाख ९२ हजार रुपैंयाँ निक्षेप संकलन गरी दुई खर्ब २८ अर्ब ८९ करोड ३९ लाख ७८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
उक्त अवधिमा दुई अर्ब ५९ करोड ३६ लाख नौ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकको एक दशमलव ८३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दशमलव तीन प्रतिशत रहेको थियो ।
प्रतिक्रिया