बिहीबार, वैशाख ११, २०८२

सनराइजले कमायो पहिलो त्रैमासिकमा ४३ करोड

नेपालखोज २०७८ कार्तिक १५ गते १५:०४

काठमाडाैं । सनराईज बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ४३ करोड सात लाख १६ हजार ५८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा ३८ करोड २९ लाख ७७ हजार दुई सय १२ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी नौ अर्ब ४८ करोड ७९ लाख ४४ हजार चार सय ९९ रुपैयाँ रहेको बैंकले चालु आवको पहिलो त्रैमासिक अवधिमा एक खर्ब २८ अर्ब २७ करोड ३९ लाख ८३ हजार दुई सय ३६ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १३ अर्ब ७३ करोड ५६ लाख ५४ हजार तीन सय ४० रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा ९२ करोड ३२ लाख ६१ हजार एक सय ९९ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव १३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

सो अवधिमा दुई दसमलव ४६ प्रतिसत स्प्रेड दर रहेको बैंकको बितरयोग्य नाफा भने छ करोड ७१ लाख ५५ हजार तीन सय २९ रुपैयाँ रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब छ अर्ब ४३ करोड २३ लाख ७० हजार छ सय २० रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४९ करोड छ लाख ५७ हजार ७७ रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा ९२ करोड ७९ लाख ७६ हजार एक सय ९९ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दसमलव ५८ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दसमलव ३३ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया