सिभिल बैंकको खुद मुनाफा २९ करोड १८ लाख

काठमाडौं । सिभिल बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा २९ करोड १८ लाख ४९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने बैंकको यस्तो नाफा नौ करोड ६६ लाख ७८ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी आठ अर्ब ६४ करोड ३६ लाख ६१ हजार रुपैयाँ रहेको बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९२ अर्ब ७३ करोड ९० लाख ५६ हजार रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब ९२ करोड ९४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा ७१ करोड सात लाख ७९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव २९ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ६० करोड २८ लाख ४६ हजार रुपैयाँ रहेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा भने बैंकले ८८ अर्ब ६३ करोड ४८ लाख ७७ हजार रुपैयाँ निक्षेप संकलन गरी ७९ अर्ब ६० करोड ६० लाख दुई हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
उक्त अवधिमा ४९ करोड ७६ लाख ७५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव ५० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव २६ प्रतिशत रहेको थियो ।
प्रतिक्रिया