सिभिल लघुवित्तले खाेल्याे थप ८ वटा शाखा

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी) ले थप ८ वटा शाखा कार्यालयहरु विस्तार गरेको छ ।
संस्थाले महोत्तरीको परिकौली, बाँकेको कौशिलानगर, बर्दियाको खैरापुर, शाहीपुर र राजापुर, कैलालीको चुहा र लालपुर तथा कञ्चनपुर जिल्लाको कृष्णपुरमा नयाँ शाखा कार्यालयहरु विस्तार गरेको हो ।
काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको संस्थाले नयाँ खुलेको शाखाहरु सहित ७४ शाखा कार्यालयहरुमार्फत ३५ जिल्लामा लघुवित्तीय सेवाहरु प्रदान गर्नेछ ।
संस्थाले यससँगै सुदुरपश्चिम प्रदेशमा आफ्नो उपस्थिति जनाएको छ भने निकट भविष्यमा कर्णाली प्रदेशमा समेत शाखा कार्यालय विस्तार गरी लघु वित्तीय सेवाहरु प्रदान गर्ने लक्ष्य लिएको छ ।
‘समृद्धिको सहयात्री’ नारालाई सार्थकता दिंदै संस्थाले विपन्न वर्गका समुदायहरुको समृद्धिमा टेवा पुर्याउने उद्देश्य साथ आफ्नो सेवाहरु ५७ हजार घर परिवारमा पुर्याएको छ ।
प्रतिक्रिया