आइतबार, वैशाख ७, २०८२

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले दिए राजीनामा

नेपालखोज २०७८ कार्तिक १५ गते १९:४१

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका दलको गठबन्धनको सहमति बमोजिम उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।

सोमबार मुख्यमन्त्री शाहीले कर्णालीबासीका नाममा सम्बोधन गर्दै भनेका छन् ‘सहमतिअनुसार सत्ता गठबन्धन दलहरूबीच समन्वय¸ सहकार्य र सह‑अस्तित्वको आधारमा अघि बढिरहेका छौँ । यही आधारमा मलाई साथ सहयोग दिने दल तथा व्यक्तिहरूलाई धन्यवाद दिँदै इमानको राजनीति स्थापित गराउन आजैका मितिबाट लागु हुने गरी सत्ता गठबन्धनमा रहेको दल नेपाली कांग्रेसलाई सरकार निर्माणका लागि मार्गप्रशस्त गर्न चाहन्छु । नयाँ बन्ने सरकारलाई हाम्रो दलको तर्फबाट पूर्ण सहयोग रहने विश्वास दिलाउँदछु ।’

प्रतिक्रिया