तेल भिसाको उडान

नेपाली कविता लेखनमा लामो समय देखी क्रियाशिल कवि सुरेन्द्र अस्तफल यस पटक आफ्नो पांचौं कविता संग्रह तेल भिसा लिएर प्रकट भएका छन् ।वर्तमान परिवेश मा नेपालीहरू संसारका कुना कुनामा पुगेका छन् ।जीवनलाई कसरी सुखी र संपन्न वनाउने होडमा धेरैले दु:ख र थोरैले सुखभोग गरेका कथाहरू सुन्न पाईन्छ ।कवि सुरेन्द्र का उनन्पचासवटा कविताले सुसज्जित कविता संग्रहले जीवन बोलेको छ ,देश बोलेको छ ।मान्छेको भोगाई बोलेको छ ।कविताले बुढ्यौतिका सुस्केरा हालेको छ ,समग्रमा नेपाली समाजको चित्र उतारेको छ ।
वर्तमानमा नेपाली समाजले भोगेका दु:खान्त कथाहरूलाई कविले यसरी प्रस्तुत गरेका छन्-
तिमीहरू पखेटा लागेपछि उडीरह्यौ
गाऊॅंको गॅुंडवाट र सहरमा गयौ
उड्छु बा भन्यौ न उड भन्न सकिन
कवि र बा कविहरूले भोगेको वर्तमानको ‘भद्रगोल’ यथास्थितिमा प्राय: सबै आमा-बाले आफ्ना नानीहरूलाई देशमा अड्याउन हम्मे-हम्मे परिरहेको छ । सक्नेहरू एघार-बाह्रको पढाइपछि यूरोप ,अमेरिका र अष्ट्रेलिया । नसक्नेहरू खाडी मुलुक र त्यो पनि नसक्नेहरू भारतका विभीन् सहरमा ‘सुख’ खोज्ने मृग तृष्णामा भौंतारिरहन उद्दत छन् ।थोरैले सुखानुभूति गरेहोलान धेरैको जीवन कहरमा बाफीएको छ । शासनको धुरीमा फेरो मारिरहेकाहरू तिनै ले पठाएको रेमिट्यान्समा रजगज गरिरहेका छन् ।बेला बेलामा सुनिने विरोधका स्वरहरू बेमौसमी बाढीको भेलमा ‘मेल्टेड’ भएका छन् ।
उहिलेका राजा प्रताप मल्ल लाई बिम्ब बनाउॅंदै वर्तमानका राजा महाराजालाई चावुक हान्दै कवि लेख्छन् –
प्रिय प्रताप अहिलेको गाईजात्रामा नेपाल खाल्डोमा श्रीपेच विनाका महाराजाहरू
हरेकदिन बुट बजार्दै
राजधानी बाट कटुवाली गरिरहेछन्
उतारिरहेका छन् शरिरका बस्त्रहरू
बनेर हजार जिब्रा भएका शेष नाग झैं
सगौरव भनिरहेछन्
म नै राष्ट्र हुँ
म नै दृष्ट्रि हुँ
मुलुकमा पटक-पटक ठूला ठूला परिवर्तन भए तर नागरिकताको समस्या यथावत छ । जो जो संग नागरिकता छ तिनीहरू पासपोर्ट वनाएर खाडीको तातो घाममा सेकिन बाध्य छन् । किनभने तिनको रगत र पसिनाले कमाएको रेमिट्यान्स ले मेरो देशका शाशकहरूको फरमान पुरा हुन्छ । एक थान नागरिकता शीर्षकमा कवि सुरेन्द्र अस्तफल लेख्छन्-
सरकार हामीसित तपाईंको पञ्जापत्र भएको एकथान नागरिकता छ
जो कहिले राहतको लागि काम लाग्छ
जो कहिले नेपाली हुं भनेर सीमा नाकामा
हजुरलाई देखाउन काम लाग्छ ।
तेल भिसा शीर्षक सुरूमा मलाई मन परेको थिएन । तर सत्य के हो भने युरोप, अमेरिका र अस्ट्रेलिया उच्च शिक्षाका क्रममा गएका नेपालीहरू उतै बस्न थाले पछि तेल भिसाको आवस्यकता खट्कियो । आफ्ना नवजात शिशुहरूको स्याहारका लागि आमा बा को आवस्कता पर्यो र बोलाउने क्रम सुरु भयो । तर तेल भिसा भनेर त कुनैपनि देशले भिसा दिन्छ जस्तो त लाग्दैन । कविसँग मेरो असहमति यसैमा रह्यो । शीर्षक नै ‘नेगेटिभ’ किन राख्ने ? जे होस् कविता संग्रह पठनीय र मननीय छ । कात्रो, अरिंगाल र ठूल्लदाईलगायतका कविताहरू निकै सशक्त छन् ।
प्रतिक्रिया