वाग्मती, गण्डकी र प्रदेश १ मा आंशिक बदली
नेपालखोज
२०७८ कार्तिक २३ गते ६:२६

काठमाडौं । नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको असर नभएकाले अधिकांश स्थानमा मौसम सफा छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यत: सफा छ ।
आज दिउँसो प्रदेश १, वाग्मती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।
आज राति पनि देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यत: सफा रहनेछ ।
सम्बन्धित
प्रतिक्रिया