प्रदेश १ : मुख्यमन्त्री राईले विश्वासको मत लिने
नेपालखोज
२०७८ कार्तिक २४ गते १२:०८

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले कात्तिक ३० गते विश्वासको मत लिने तयारी गरेका छन् ।
अब बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारीमा रहेको बताइएको छ । प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी कात्तिक ३० गतेका लागि बैठक बस्ने बताइएको छ ।
मुख्यमन्त्री राईले विश्वासको मत लिनुभन्दा दुई दिन अघि नै प्रदेशसभा सचिवालयलाई जानकारी दिनुपर्ने भएकोले विश्वासको मत लिने विषयमा आन्तरिक तयारीका लागि उनी गृह जिल्ला भोजपुरबाट मंगलबार विराटनगर पुगेका छन् ।
सम्बन्धित
प्रतिक्रिया