गुगलको टु-स्टेप भेरिफिकेसन आजदेखि लागु !

काठमाडौं । सर्च इन्जिन प्लेटफर्म गुगलका सबै प्रयोगकर्ताहरुले आजदेखि अनिवार्य रुपमा टु-स्टेप भेरिफिकेसन पार गर्नुपर्ने भएको छ । गुगलको यो नयाँ टु-स्टेप भेरिफिकेसन आज (९ नोमेम्बर २०२१) देखि सबै प्रयोगकर्ताहरुमा लागु हुने बताइएको छ । यसको अर्थ यो नयाँ नियम को असर सबै गुगल युजर्समा पर्नेछ ।
गुगलको यो नयाँ नियम लागु भएपछि सबै प्रयोगकर्ताले यो टु-स्टेप भेरिफिकेसन प्रोसेसका बारेमा जानकारी राख्नु जरूरी छ अन्यथा आफ्नो गुगल एकाउन्टको प्रयोगमा समस्या हुनसक्छ ।
गुगलको यो टु-स्टेप भेरिफिकेसन प्रोसेसले प्रयोगकर्ताहरूलाई एउटा अतिरिक्त सेक्युरिटी लेयर प्रदान गर्छ । यसबाट गुगल एकाउन्ट बढी सुरक्षित हुनेछ । गुगलले यो टु-स्टेप भेरिफिकेसनको घोषणा गएको मे महिनामा गरेको थियो तर आज देखि यसलाई अनिवार्य गरिएको छ ।
पासवर्ड चोरीका घटना सामान्य हुँदै गएको परिपेक्षमा त्यसबाट जोगिन गुगलले यो टु-स्टेप भेरिफिकेसनको व्यवस्था गरेको हो । अब प्रयोगकर्ताले गुगल एकाउन्ट लग-इन गरेपछि एसएमएस वा ई-मेलमा वान-टाइम पासवर्ड (ओटीपी) प्राप्त गर्नेछन् जसको दर्ता पछि मात्र गुगल एकाउन्ट प्रयोग गर्न सकिनेछ ।
कसरी प्रयोग गर्ने टु-स्टेप भेरिफिकेसन ?
• सबैभन्दा पहिले आफ्नो गुगल एकाउन्ट ओपन गर्नुहोस् ।
• त्यसपछि नोटिफिकेसन प्यानलको सेक्युरिटी अप्सनमा जानुहोस् ।
• त्यहाँ “Signing in to Google” को तल टु-स्टेप भेरिफिकेसन सेलेक्ट गर्ने अप्सन दिइएको छ ।
• त्यसमा गएर अन स्क्रिन स्टेप फलो गर्नुपर्छ ।
प्रतिक्रिया