मौसम : तापक्रम घट्दै, पहाडी भू–भागमा आंशिक बदली
नेपालखोज
२०७८ कार्तिक २६ गते ६:२५

काठमाडौं । आज विहानैबाट देशभरको मौसम सफा रहेको छ । पछिल्लो समयमा नेपालमा कुनै पनि उल्लेख्य मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमा महाशाखाले जनाएको छ ।
आज दिउँसो प्रदेश १, प्रदेश २ र अन्य प्रदेशहरुको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
राती पनि प्रदेश १, प्रदेश २ र अन्य प्रदेशहरुको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसो बाट बच्न सामान्य सतर्कता अपनाउनु महाशाखाको अनुरोध छ ।
सम्बन्धित
प्रतिक्रिया