प्रदेश १ र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हिमपातको सम्भावना
नेपालखोज
२०७८ कार्तिक २९ गते ६:३७

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नभए पनि देशका पहाडी भू–भागमा आंशिक बदली छ ।
आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावाना समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राती पनि देशको पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया