लगानी डुब्न सक्छ !

जसरी क्रिप्टोकरेन्सीको माग बढिरहेको छ त्यसैगरी यसमा धोका, घोटाला र नक्कली काम पनि बढिरहेको छ । त्यसैले अहिले के भन्न थालिएको छ भने कुनै पनि क्रिप्टोमा लगानी गर्नुअघि त्यसका बारेमा राम्रोसँग बुझ-बुझारथ अथवा छानबीन गर्नुपर्छ । सोशल मिडियामा अहिले त्यस्ता थुप्रै नक्कली क्रिप्टो एक्सचेन्ज तथा टोकनहरु छन्, जसले केहि दिनमै धनि बनाउने सपना देखाएर ठगिरहेका छन् ।
जो कम समयमै बढी नाफा कमाउने वा चाडैं धनी हुने चक्करमा रहन्छन् त्यस्ता लगानिकर्ता नै सधैं क्रिप्टो ठगहरुको निशानामा रहन्छन् । क्रिप्टोकरेन्सीकाे कारोबार स्वतन्त्र छ, यसमा न त सरकारकाे कुनै नियन्त्रण छ न त कुनै बैंक वा अन्य आधिकारीक निकाय वा संघ -संस्थाको ।
बितेका केही दिन यता क्रिप्टोकरेन्सीको मूल्यमा ठुलो उतार-चढाव देखापरिरहेको छ । स्क्विड गेममा आधारित क्वाइन SQUID, Kokoswap, Ethereum मा केहि समयमै हजाराैं गुणाको वृद्धि देखिएको छ भने केही टोकनमा ठुलो घाटासमेत देखिएकोछ जसका कारण थुप्रै लगानीकर्ताको लगानी फस्न पुगेको छ ।
क्रिप्टो अहिले कतिपयका लागि आम्दानीको मुख्य स्रोत हुन थालेको छ । क्रिप्टोकरेन्सीमा युवा, खुद्रा तथा कर्पोरेट लगानिकर्ताहरुको संख्या लगातार बढिरहेको छ । त्यसैले पनि क्रिप्टो अहिले बढी जोखिम भएको लगानी पनि मानिन थालेको छ । क्रिप्टोको संसारमा ठगहरुले यस्तै लगानिकर्ता वा व्यिक्तहरूलाई टारगेट गर्छन् जो सजिलै नाफा कमाउन चाहन्छन र चाडैं धनी बन्न जे पनि गर्न तयार हुन्छन् ।
क्रिप्टोको संसारमा कुनै पनि क्वाइनको यथार्थता वा सत्यता बुझ्न जरुरी छ । कम समयमै धेरै ठुलो रिटर्नकाे कुरा पत्याउनु पहिले यसमा ठगि पनि हुनसक्छ भन्ने हेक्का राख्नुपर्छ ।
नक्कली क्रिप्टोको पहिचान नै यसमा हुने ठगिबाट जोगिने सरल उपाय हो । सस्ताेमा क्रिप्टो उपलब्ध गराउनेहरुदेखि भुक्तानीको प्रक्रियासम्म सावधानी अपनाइएन भने कुनै पनि बेला ठगहरुले आफूलाई ठूलो घाटामा पारिसकेका हुन्छन् ।
अन्तर्राष्ट्रिय कारोबार त्यसमा पनि अवैधानिक काम अनि प्रत्यक्ष संग्नलतासमेत नहुने भएकाले यसमा बढी नै जोखिम छ । अनलाइन कारोबार हुने हुँदा यसमा ह्याकरहरुको चलखेल पनि उत्तिकै हुन्छ । आँखा चिम्लिएर वा प्रलोभनमा परेर लगानी गर्नु वा बढी हाैसिनु कुनै पनि लगानीमा जोखिमको कुरा हो त्यसमा पनि क्रिप्टोमा लगानि गर्नु अघि प्रयाप्त बुझ-बुझारथ वा अध्ययन जरूरी छ ।
लगानी गर्न लागिएको करेन्सीको विगत हेर्ने, व्हाइट पेपर अध्ययन गर्ने, यसका संचालकहरुका बारेमा बुझने आदि कुरामा पनि हेलचेक्र्याइ गर्नु हुँदैन । किनभने यसमा कुनै पनि ठग वा नक्कली करेन्सीले आँखा झिमिक्क नगर्दै आफूलाई कंगाल बनाइसकेको हुन्छ ।
प्रतिक्रिया