मन बूढो भएन…

’मन बूढो भएन… Young at heart .‘ हो महानायक राजेश हमालले यति मात्र लेखेर आफ्ना दुई तस्बिर फेसबुकमा पोस्ट गरेका थिए । वास्तवमा यो उनले हालै अभिनय गरेको एउटा गितको बोल हो । यद्यपि यो बोल उनको जीवनसँग पनि मेल खाने खालको छ । यति भए पछि हमालको पोस्टमा कमेन्टको ओहिरो लाग्ने नै भयो । हेरौं केही रोचक र रमाइला कमेन्टहरु :
रमा ओली
८० वर्षका नेताले हामी युवा हौं भन्छन्, तपाई किन युवा नहुने ?
नाजिर हुसेन
१६ वर्षे ठिटो हाम्रा राजेश दाजै ।
मनोज अधिकारी
दाई १६ वर्षे जवानीमा नि मन् बुढो कहाँ हुन्छ र ?
दिवस पोखरेल
तपाईंलाई देखेर मेरी बुढी सधैं मसँग झगडा गर्छे। लानु नि तपाईंले उसलाई बेहुली बनाएर ।
देबेन्द्र सापकोटा
मन बुढो नभएको प्यारो मान्छेको छोरा-छोरी हेर्ने यो सापकोटाको रहर ।
रमेश महर्जन माइला
राजेशजि तपाईं जति बुढो भएपनी हाम्रो मनमा सधैभरी पहिलेको जवान हिरो नै हुनुहुन्छ ।
शुरेस घताम
सदाबहार ह्यान्डसुम दाजु । फिटनेसले दाजुलाई बुढो हुन दिएको छैन ।
कमलेश कुमार महतो
मान्छेको शरीर मात्र बुढो हुन्छ, मन होइन ।
नारायण प्रसाद अधिकारी
बाबुनानी नखेलाइ कसरी मन बुढो बनाउनु भन्या !
ओम प्रकाश ओम
महानायक कहिल्लै बुढो हुँदैन दादा ।
नवीन मल्ल ठकुरी
छोराछोरी भएनन् मामा छोराछोरी भएनन् ।
लिङदेन दया हाङ
लु बरबादै भए छ नि हाउ ।
रमेश जमाल
तन पनि बुढो नहोस् महानायक दाजु ।
बिपु ठकुरी
हमाल पनि कहिले बुढो हुन्छ र ?
सम्राट सुनार
जबन दिलको धड्कन ।
कमल बिरही गौतम
१६ देखि २० वर्षका केटिको ग्रुपमा तपाईं कै कुरा गर्दै थिए,
एउटा विवाहित स्त्रीको ग्रुप नि तपाईं कै कुरामा मस्किदै थिए ,
आन्टीहरू नि तपाईंकै कुरा गरेर बसेका हुन्छन्
अनि तपाईंलाई बुढो भन्ने कि जवान म चाहिँ हैरान छु बाजे ।
माधव खनाल
बुढो नभको भए एउटा छोरो पाएर देखाउनु , बल्ल विस्वास हुन्छ ।
बिमला लामिछाने
मन कहिल्लै बुढो हुँदैन नि ।
लाओतिना आबुहाङ
कस्ले भन्यो तपाईलाई बुढो भनेर ? म त स्विट सिक्सटिन कै देख्छु अझैं ।
रबिन्द्र चौधरी
इच्छा शक्ति कमजोर भए मात्र मानिस बुढो हुन्छ ।
दिनेश रास्कोटी
जति बुढो हुँदै गयो त्यति जवानी चढ्दै जाँदो रहेछ ।
मोहन जंग पौडेल
मोज गर्नुस …..
वीर धामी बिरु
घोर्ले छोरो कहिले जन्माउने ?
श्रेष्ठ सञ्जय
उमेर गयो बैंश गयो मन भने तन्नेरी , उहिलेको कुरा सम्झियो भने लाज लाग्छ धत्तेरी , कि कसो दाजु ?
मगर दिपक
छिटो छोरा उत्पादन गर बुढा अब ।
भेषराज कार्की
तपाईंको आवाजले बाघ त डराउँछ अनि शरीर त बुढो भएको छैन मन के बुढो हुन्थ्यो ?
ईश्वर थापा
उमेरअनुसार तपाईं हजुरबुबा बन्ने बेला भईसक्यो अझैसम्म बच्चा जन्माउनु भएको छैन के कारण होला ?
अशोक तिवारी
जबसम्म महानायक दाइलाई मन बुढो भएको फिलिङ्स आउदैन तबसम्म नेपाली जनताको आशा, भरोसा र अपेक्षा राजेश दाइको एक दर्जन छोरा छोरीको । राजेश दाइको तनमन, यौवन, यो सोह्र बर्षे लक्का जवान ठिट , बैसालु उमेर जे भने पनि अब उत्पादनमुलक क्षेत्रमा लाग्नुपर्ने हुन्छ मान्यवर ।
छत्र विष्ट
दाजै तन त बुढो भयो !
राजेश लिम्बू
कता बुढो हुनु त महानायक भएपछि ।
जेठा राना मगर
जिउ भएर के गर्नु बिउ नभएपछि ।
मलिन पुन मगर
(जेठा राना मगरको टिप्पणीमा प्रती टिप्पणी गर्दै ) अब त आशै मर्ला – मर्ला जस्तो भाछ ।
शिवराम थपलिया
राजेश जि तपाईं जति बुढो भएपनी हाम्रो मनमा सधै भरी पहिलेको जवान हिरो नै हुनुहुन्छ ।
मात्रिका पौडेल
राजेश दाई कहाँ अहिले नै हार मान्या ?
एउटा छोरा त चाहियो नी ।
प्रतिक्रिया