डिसेम्बरमा रिलिज हुने उत्कृष्ट अंग्रेजी चलचित्र !

काठमाडौं । यो डिसेम्बर महिनामा केही उत्कृष्ट अंग्रेजी चलचित्र प्रदर्शनमा आउँदै छन् । सिनेमाका पारखीहरुले यी चलचित्रबाट एउटा नयाँ ऊर्जा र अनुभव हासिल गर्न सक्छन् ।
रेड राके
शान बेकरको यो चलचित्रले टेक्सासको अमेरिकी जीवनको एउटा तस्बिर प्रस्तुत गर्छ ।
नाइटमेयर एली
विलियम ग्रेसमको १९४६ मा प्रकाशित उपन्यासमा आधारित यो चलचित्र क्राइम थ्रिलर विधाको चलचित्र हो ।
मेट्रिक्स रिसरेक्सन
मेट्रिक्स सिरिजको पछिल्लो चलचित्र प्रदर्शनमा आएको वर्षौंपछि नियो (किनु रिब्स) बूढो भइसकेका छन् यद्यपि यो चलचित्रको कथा जवान छ ।
डोन्ट लुक अप
जेनिफर लरेन्स तथा लियोनार्दो डि क्याप्रियोको यो चलचित्र एउटा डार्क कमेडी हो जसमा दुई खगोलविद्को कथा समेटिएको छ ।
स्पाइडरम्यान, नो वे होम
स्पाइडरम्यान फर्किएको छ । यसपटक उसको मिसन मल्टिवर्सको रक्षा गर्नु हो ।
द लास्ट डोटर
म्यागी गाइलनहोलकले यो चलचित्रमार्फत निर्देशनमा हात हालेकी छन् । यद्यपि सबैको ध्यान भने ओलिविया कोलमनमाथि हुनेछ । उनी यो चलचित्रबाट तेस्रोपटक ओस्कर एवार्डको मनोनयनमा पर्छिन् कि पर्दिनन् भन्ने कुरा पनि प्रतीक्षाकै विषय हो ।
बिइङ द रिकार्डोज
एरन सरकिनद्वारा लिखित तथा निर्देशित यो चलचित्रमा निकोल किडमेन तथा खावियर बार्डेमले अभिनय गरेका छन् ।
फ्ली
यो एउटा डेनिस डकुमेन्ट्री हो जसमा अफगान शरणार्थी अमिनको ह्रदयविदारक अनुभव प्रस्तुत गरिएको छ ।
द ट्रेजेडी अफ म्याकबेल्थ
दशकौंपछि पहिलोपटक जोएल कोएनले आफ्ना भाइ इथनको सहयोगबिना चलचित्र तयार पारेका छन् । यो चलचित्र सेक्सपियरको कथामा आधारित छ ।
वेस्ट साइड स्टोरी
पहलो वेस्ट साइड स्टोरी चलचित्र १९६१ मा आएको थियो । त्यो हलिउडको सबैभन्दा राम्रो म्युजिकल फिल्म मानियो । स्टिवन स्पिलबर्गले फेरि त्यही कथा दोहोर्याइरहेका छन् तर एउटा नयाँ अन्दाजमा ।
प्रतिक्रिया