घाउमाथि टेक्दा
राजाराम पौडेल
२०७८ मंसिर १८ गते १०:४२

सबै माझ पुर्याउँछु गाह्रो भयो छेक्दा
साह्रै पीडा भएको छ घाउमाथि टेक्दा ।
मन शान्त छैन उनका कर्तुत देख्दा
धेरै पाना भरिइसके सम्झिएर लेख्दा ।
कुरा चपाई बोल्ने बानी छ खुरापाती
स्वार्थ पुरा गर्न खोज्ने गर्दै नानाभाती ।
नांगी सके सर्म छैन दम्भ भने गर्छन्
नचाहिँदा तर्क गर्दै उल्टै भ्रम छर्छन् ।
बाँकी कथा थप्न भनि भरें फेरि मसी
तपतप आँशु झर्यो पुछे भुइँमा बसी।
सबै माझ पुर्याउछु गाह्रो भयो छेक्दा
साह्रै पिडा भएको छ घाउमाथि टेक्दा ।
सम्बन्धित
प्रतिक्रिया