नेप्से २,३७६ दशमलव ७४ अंकमा सीमित, सातामा १६ अर्ब ११ करोडको कारोबार

काठमडौं । लगानीकर्ताहरुको लागि यो साता सेयर बजार खासै सन्तोषजनक देखिएन । नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुल्ला रहेको भएपनि लगातार उच्च अंकले घटेपछि यो साता नेप्से २२ सय अंकसम्म झरेको थियो ।
जसमध्ये तेस्रो काराबार दिन एक सय ३७ अंकले बढेर नेप्सेमा दुई पटक पोजेटिभ सर्किट ब्रेक लागेको थियो भने नेप्से निर्धारित समयभन्दा दुई घण्टा छिटो बन्द भएको थियो । यसले गर्दा यो साता थोरै भएपनि लगानीकर्ताहरुले राहतको महसुस गरेका थिए ।
सोही आधारमा यो साता नेप्से दुई हजार तीन सय ७६ दशमलव ७४ अंकमा सीमित हुन पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि चार सय ५३ दशमलव ५३ अंकमा सीमित हुन पुगेको छ । सातामा दुई सय ३३ वटा कम्पनीहरुको दुई लाख ५२ हजार एक सय ८२ पटकको कारोबारमा तीन करोड ५७ लाख ८४ हजार आठ सय ७१ कित्ता सेयर किनबेच भएका छन् ।
सोही किनबेचका आधारमा यो साता कुल कारोबार रकम १६ अर्ब ११ करोड नौ लाख तीन हजार चार सय ८८ रुपैयाँ पुगेको छ । यो काराबार रकम गत साताको तुलनामा कम हो । गत साता भने दुुई सय ३१ वटा कम्पनीहरुको सेयर कारोबार भएको थियो ।
जसबाट दुई लाख ६४ हजार ५२ पटकको कारोबारमा तीन करोड ९५ लाख छ हजार नौ सय ६६ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम १७ अर्ब नौ करोड ८६ लाख ७० हजार सात सय आठ रुपैयाँ पुगेको थियो । नेप्से यो साता पाँच कार्य दिन खुलेकोमा पहिलो, दोस्रो, चौथो र पाँचौं दिन लगातार घटेको थियो भने तेस्रो दिन उच्च अंकले बढेको थियो ।
सोही आधारमा पनि यो साता पहिलो दिन ८८ दसमलव सात अंकले घटेर दुुई हजार तीन सय ६१ दसमलव २७ अंकमा झरेको नेप्से अन्तिम कारोवार दिन पनि ३७ दसमलव ८७ अंकले घटेर दुई हजार तीन सय ७६ दशमलव ७४ अंकमा सीमित हुन पुगेको छ । यीबाहेक बाँकी दिनहरुमा तेस्रो दिन बाहेकका दिनहरुमा नेप्से लगातार घटेको थियो ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन १५ दशमलव १५ अंंकले घटेर चार सय ५० दशमलव आठ अंकमा सीमित हुन पुगेकोमा अन्तिम कारोबार दिन पनि पाँच दशमलव ८८ अंकले घटेर चार सय ५३ दशमलव ५३ अंकमा सीमित हुन पुगेको थियो ।
यो साता महालक्ष्मी बिकास बैंक, नबिल बैंक, नेशनल हाइड्रो पावर कम्पनी आदिको बढी रकम कारोबार भएको छ भने नेशनल हाइड्रो पावर कम्पनी, नबिल बैंक आदिकको बढी संख्यामा सेयर किनबेच भएको छ ।
बजार पुँजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि अगाडि परेका छन् । सूचीकरणतर्फ भने यो साता सगरमाथा इन्स्योरेन्स र सिटिजन्स बैंक इन्टरनेशनलको बोनस सेयर सूचीकृत भएका छन् ।
प्रतिक्रिया