सोमबार, वैशाख ८, २०८२

महाधिवेशन !

डा. सुरेन्द्र सिटौला २०७८ पुष ३ गते ७:१४

अँध्यारो र उज्यालोको रस्सा-कस्सीमा
उज्यालोले होस् गुमाएपछि
विवेक सर्माउँछ
निर्लज्ज अँध्यारो रमाउँदै
उज्यालो प्रजातन्त्रको गुणगान गाउँछ
नेपाली प्रजातन्त्रले
अध्यारोसँगै मीत लाउँछ
पुस्तान्तरणको चर्को नारा
स्वार्थको गर्भमै हराउँछ
चेतना शून्य महाधिवेशन
नाफा र नोक्सानको बजारमा
निष्टा बेच्तै रमाउँछ
देश मुक्तिको सपनाले
पुनः विरही गीत गाउँछ
थाहा छैन
चेतना शून्य महाधिवेशन
मलाई जिस्क्याउन
मेरो गाउँ सहर र देशमा
किन पटक-पटक आउँछ ?

प्रतिक्रिया