सोमबार, वैशाख ८, २०८२

नेपाली गायनमा उज्यालो नाम पेमा लामा !

दिनेश अधिकारी २०७८ पुष ३ गते ९:१०

नेपाली गायनको सन्दर्भमा दार्जिलिङबाट फैलँदै-फैलँदै समग्र नेपाली संगीतमा छाएको उज्यालोको एउटा पर्यायवाची नाम हो- पेमा लामा । मूलतः गायनमा उहाँको आाफ्नै अलग र विशिष्ट पहिचान छ । धेरै चुल्बुल नगर बैनी…,म त भाग्दिनँ अब कहीँ मेरी मायालु…, जलेर खरानी भई जान्छ…जस्ता अनेकौं लोकप्रिय र स्तरीय गीतका गायक मित्र पेमा लामाको स्वरमा मेरो पनि एउटा गीतले लहरिने अवसर पाएको छ ।

पेमा लामासँगको मेरो पछिल्लो भेट १५ अक्टोबर २०१४ तदनुसार २९ असोज, २०७१ मा भएको थियो । सन्दर्भ थियो- मेरो दार्जिलिङ यात्राको क्रममा संगीतकार तथा कलाकार भाइ सुरज मोक्तानको सक्रियतामा ‘सप्तरंगी सिर्जनशील समूह’ ले गोरखा दु:ख निवारण संघको हलमा आयोजना गरेको भेटघाट कार्यक्रम । मलाई माया गरेर कार्यक्रममा दलसिंह अकेला, अमला क्षेत्री, नगेन्द्र गोर्खा, मणिकमल क्षेत्री, वसन्त क्षेत्री, चन्दन लोमजेल, डेजी बराइली, कमल रेग्मी, रिमला मोक्तान, प्रदीप क्षेत्रीसमेत दार्जिलिङका विशिष्ट व्यक्तिहरुले उपस्थिति जनाउनुभएको थियो ।

पेमाजीसँगको यो तस्बिर त्यही कार्यक्रमको उपज हो । परस्पर अँगालोमा बाँधिएका हामीलाई नजिकै उभिएर दीप वाइबाले हेरिरहनुभएको छ । अन्दाज छ- फोटो भने सुरज मोक्तान भाइले खिचिदिएको हुनुपर्छ ।

प्रतिक्रिया