क्रान्ति
किशोर बिश्वकर्मा
२०७८ पुष ३ गते ७:५२

यी घामहरूको प्रांगणमा
किन माटोको सौन्दर्य देखिँदैनन् ?
यी रातहरूको सन्नाटामा
किन उन्मुक्तिका आवाजहरू सुनिँदैनन् ?
त्यो मौनतामा पनि
एउटा कोमल ध्वनि थियो
त्यो स्वप्निलतामा पनि
एउटा गौरवबोध थियो
आफ्नोपन खोज्दै हिंडेको
ती धेरै प्रार्थनाहरूमा
एउटा जीवन्त आलिंगन थियो ।
इतिहासको पानाहरूमा
किन कुनै प्रेरणाविम्ब देखिंँदैनन् ?
मान्छेका शोक र भोकहरूमा
किन कुनै क्रान्ति सुनिँदैनन् ?
सम्बन्धित
प्रतिक्रिया