‘नचिनेको मान्छे’ को म्युजिक भिडियो
नेपालखोज
२०७८ पुष ३ गते १३:२२

काठमाडौं । युवा खेलाडी र आमाको कथा ‘नचिनेको मान्छे’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सरिता गिरी र नारायण नेपाली अभिनित भिडियो शनिबार सार्वजनिक गरिएको हो । गायक नारायण नेपालीको आवाज रहेको गीतमा पुरुषोत्तम ढुंगेलको रचना तथा राजनराज शिवाकोटीको संगीत संयोजन छ ।
भिडियोमा सरिता गिरीको दमदार अभिनय देख्न सकिन्छ । उनलाई अभिनयमा गायक नेपालीले साथ दिएका छन । गायक नेपालीको यो डेब्यु म्युजिक भिडियो हो । म्युजिक भिडियोको निर्देशन असिम खनालले गरेका हुन् भने छायांकन पवन सुस्लिङले गरेका हुन् ।
आमाछोराको माया, सद्भाव दर्साइएको भिडियोको सम्पादन सिद्धान्त मगरले गरेका हुन् । भिडियोको निर्माता भने शिवबहादुर नेपाली हुन् ।
सम्बन्धित
प्रतिक्रिया