आइतबार, वैशाख ७, २०८२

के अब केही वर्षमै घट्छ त संसारकाे जनसंख्या ? के भन्छन् शाेधकर्ता ?

नेपालखोज २०७८ पुष ४ गते १०:०३

काठमाडाैं । ठुलो जनसंख्या कुनै पनि देशको तागत हुन सक्छ भने कमजोरी पनि हुन सक्छ । हामी आफैँले यसको अनुभव गर्न सक्छौं । किनभने हामी त्यस्ता दुई देशकोबीचमा छाैं जसको जनसंख्या संसारमै सर्वाधिक छ ।

हाम्रो उत्तरी छिमेकी चिन संसारमा सबैभन्दा बढी जनसंख्या भएको देश हो भने भारत जनसंख्याको दृष्टिले संसारको दोस्रो ठुलो मुलुक हो । यी दुई मुलुकको जनसंख्या जोडने हो भने संसारका एक तिहाइभन्दा बढी मानिस हाम्रै छिमेकमा बस्छन् भन्ने मान्नुपर्ने हुन्छ ।

हाम्रा यी दुई निकट छिमेकीमध्ये कसले आफ्नो जनसंख्यालाई तागत बनाएको छ र कसका लागि त्यही जनसंख्या भार सावित भइरहेको छ भन्ने कुरा पनि बताइरहनु पर्दैन । वास्तवमा भन्ने हो भने सीमित संसाधनका बीच ठुलो जनसंख्याले अनेकौं चुनौती नै सृजना गर्छ ।

जे होस, कुरा त्यो एउटा अध्ययनको हो जसले सदियाैंदेखि बढ्दै आएको संसारको जनसंख्या अब घटन थाल्ने कुरा बताएको छ ।

संसारको जनसंख्या कहिलेदेखि कम हुन थाल्नेछ त ?

लेन्सेटको एक रिपोर्ट अनुसार अंग्रेजी वर्ष सन् २०६४ देखि संसारको जनसंख्या घट्न सुरु हुनेछ । अहिले यो पृथ्वीको जनसंख्या ७.८ अरब छ जुन सन् २०६४ मा ९.७ अरब भइसक्नेछ । त्यसपछि भने संसारको जनसंख्या कम हुन थाल्नेछ र सन् २१०० सम्ममा ८.७ अरब जनसंख्या बाँकी रहनेछ ।

यसकारण घटने छ जनसंख्या

भविष्यमा याैन शिक्षा र गर्भ रोक्ने अझ राम्रो एवं सरल विधिका कारण प्रजनन क्षमता र जनसंख्या दुवै घट्ने छन् । यो रिपोर्टका अनुसार २०१७ मा प्रजनन क्षमता २.३७ थियो भने यो २१०० सम्ममा १.६ प्रतिशतमा खुम्चने छ । यो रिपोर्टले भन्छ, प्रकृतिबाट टाढा हुँदै गएको मानव भविष्यमा मेशीनको बढी भर पर्नेछ ।

मेशीनबाटै धेरैजसो काम गरेपछि मानिसको भाैतिक गतिविधि कम भएर जानेछ । यसरी बढी आराम मिलेपछि मानिसको इम्यूनिटी पावर पनि घट्ने छ भने उसको रोगसँग लड्ने क्षमतामा समेत ह्रास आउनेछ । मानिस रोगहरुका अगाडि कमजोर साबित हुनेछ ।

प्रशिद्ध वैज्ञानिक मिशीयो काकु भन्छन्, ६० को दशकपछि यो पृथ्वीमा प्राकृतिक संसाधनहरुको कमी देखा पर्न थाल्नेछ । यहि कारणले मानिसहरु अन्य ग्रहमा बसाइँसराइ गर्न लालयित हुनेछन् ।

मिशियोको अनुमान छ, त्यति बेलासम्म विभिन्न ग्रह तथा अन्तरिक्षमा कोलोनी निर्माण गर्ने योजना समेत कार्यान्वयनमा गैसक्ने छ । यस बीच मानव बस्न योग्य कुनै सोर्यग्रह पनि पत्ता लाग्न सक्छ ।

प्रतिक्रिया