एमाले कर्णाली प्रदेशको बैठक जारी, अधिवेशनको तयारी सम्बन्धमा छलफल हुँदै
नेपालखोज
२०७८ पुष ४ गते १४:३३

कर्णाली । नेकपा एमालेको कर्णाली प्रदेश कमिटीको बैठक जारी छ । आगामी पुस २३ गते जिल्ला र आगामी माघ ८ गतेका लागि तय भएको प्रदेश अधिवेशनका बारेमा आवश्यक छलफल गर्न बैठक बसेको एमालेले जनाएको छ ।
जिल्ला र प्रदेश अधिवेशनको तयारी लगायतका विषयमा आजको बैठकमा छलफल हुने जनाइएको छ । एमाले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले पुस २३ गते जिल्ला अधिवेशन र माघ ८ गते प्रदेश अधिवेशन गर्ने निर्णय गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया