आइतबार, वैशाख ७, २०८२

पहिले अन्डा कि कुखुरा ? वैज्ञानिकहरुले खोजे जवाफ !

नेपालखोज २०७८ पुष ६ गते ११:०६

काठमाडौं । मानिसहरु सदियौंदेखि लगातार एउटा प्रश्न गर्दै आएका छन्, पिँढी-दरपिँढी- संसारमा पहिले अन्डा आयो कि कुखुरा ? तर अब य‍ो रहस्य सुल्झिएको छ ।

पहिले आएको थियो कुखुरा
बेलायतक‍ो डेली एक्सप्रेसका अनुसार ब्रिटेनको सेफिल्ड तथा वारविक युनिभर्सिटीका कैंयन् प्रोफेसरहरुले अन्डा र कुखुराको य‍ो रहस्यमा अध्ययन गरेका थिए । उनीहरुको लामो अध्ययनबाट के पत्ता लागेको छ भने संसारमा पहिले अन्डा होइन कुखुरा नै आएको थियो ।

वैज्ञानिकहरुले दिए प्रमाण
रिसर्च टिमका प्रमुख वैज्ञानिक डा. कोलिन फ्रिमेन भन्छन्, ‘लामो समयदेखि अन्डा पहिले कि कुखुरा भन्ने कुरामा अन्योल रहँदै आएको थियो तर अब हामीसँग प्रमाण छ । हामी ग्यारेन्टीसाथ भन्न सक्छौं संसारमा पहिले कुखुरा नै आएको हो ।’

कुखुरामा हुन्छ यो खास प्रोटिन
वैज्ञानिकहरुका अनुसार अन्डा (Egg) को खोलमा ओवोक्लाइडिन नामको एउटा प्रोटिन पाइन्छ । यो प्रोटिन बिनाअन्डाको निर्माण असम्भव छ । यो प्रोटिन कुखुराको गर्भाशयमा मात्र हुन्छ । त्यसैले संसारमा पहिले कुखुरा नै आएको हो र उसकै गर्भाशयमा ओवोक्लाइडिनको निर्माण भएको हो । त्यसपछि नै यो प्रोटिन अन्डाको खोलमा पुग्यो ।

वैज्ञानिकहरुको यो अनुसन्धानले अन्डाभन्दा पहिले कुखुरा पृथ्वीमा आएको प्रमाणित गरे पनि कुखुराचाहिँ कसरी पृथ्वीमा आयो भन्ने रहस्य अहिले पनि रहस्यकै गर्भमै छ ।

प्रतिक्रिया