के श्वेता आमा बन्न लागेकी हुन् ?
फ्यानहरुले दिए बधाई ।

अभिनेत्री श्वेता खड्का सामाजिक सन्जालमा निकै सक्रिय छिन् । यसक्रममा उनले सामाजिक सन्जाल फेसबुकमा एउटा तस्बिरसहितको स्टाटस राखिन् । यो स्टाटसपछि प्रशंसकहरुले श्वेता गर्भवती भएको भन्दै लगातार बधाई र शुभकामना दिइरहेका छन् ।
हेराैं श्वेताको स्टाटस र फ्यान्सहरुको कमेन्ट :
श्वेता लेख्छिन्, ‘पानी परेको बेलामा अरु सबै चराले सुरक्षित बासस्थान खोज्छन् तर, चिलले बादलमाथि उडेर पानीको बेवास्ता गर्छ, परिस्थिति एकै हाे, तर दृष्टिकोणले फरक पार्छ ।’
हेमन्त महतारा- भित्री पीडा बोकेर अरुका लागि रमाउने महान् नारीको वेदना फोटोबाट बुझेको छु । जस्तो भए पनि खुसी हुनु सुखी हुनु ।
ध्रुव बाम्बुले राई- ल बधाइ छ आमा बन्दै हुनुहुँदो रहेछ ।
वाङ छुई शेर्पा- स्टाटस मात्रै लेख्दै बस्ने होइन दिदी अब एउटा बच्चा जन्माउनु होस् ।
सपना मगर- हेर्दा त प्रिगनेन्ट जस्तो देखिएको छ नि ?
वाङ छुई शेर्पा- त्यो त उहाँलाई नै सोध्नुपर्छ ।
ओमनारायण श्रेष्ठ- आमा बन्दै हुनुहुन्छ् जस्तै लायो शुभकामना !!!
मीना देबकोटा- साहारा, साहस र दुष्साहसमा फरक विश्लेषण गर्नुभाे ।
प्रदीप सागर गिरी- दृष्टिकोणले हैन दिदी उचाइले हो, औकातले हो । त्यसैले फरक पारेको हो ।
मनोजकुमार खड्का- दिदीले विश्वास, साहारा, साहस र दुष्साहसमा फरक विश्लेषण गर्नुभाे ।
राज आचार्य- खै के थाहा र मुन्छे परियो ।
उदय रोकाया- प्रसंग कुन हो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको होला कि ?
रेनु नेपाली- आमा र नव शिशुको सुरक्षित जीवनको कामना ।
कमल काफ्ले- कति राम्रो कुरा ।
राजन तामाङ- मोटाइछौ ।
विष्णुप्रसाद अधिकारी- बादल माथि पानी पर्दैन नि हजुर ।
कमल बोहोरा- बादल माथी पानी परे पो वास्ता गरोस चीलले ।
महेश राई- पानी परेर सबै लाथ्राकलुठ्रुक हिलाम्मे भयो अब ।
जीपी लामिछाने- पेट बढेछ त दिदुको !
आरके भण्डारी- नाइटोमा जुस खुवाउने दिन इज् कमिङ सुन् ।
प्रतिक्रिया