सन् २०२२ का लागि लोनली प्लानेटको सिफारिस

संसारका उत्कृष्ट पर्यटकिय गन्तव्य कोरोनाका कारण दुई वर्षदेखि संसारभरका मानिसले खुलेर घुमघामको आनन्द उठाउन पाएका छैनन् । संसारको पर्यटन उद्योग लगभग दुई वर्ष यता ठप्प जस्तै छ । यद्यपि के आशा गरिन्छ भने वर्ष सन् २०२२ देखि मानिसहरुले पुन आफ्नो धरतीको भ्रमण गर्न पाउनेछन् । सधैं झैं लोनली प्लानेटले २०२२ मा घुम्न सकिने संसारका दश उत्कृष्ट स्थानको सूची जारी गरेको छ ।
सहरमा नम्बर तीन –
फ्राईबुर्ग घुम्न सकिने उत्कृष्ट सहरको सूचीको तेस्रो स्थानमा छ जर्मनीकाे सानो सहर फ्राईबुर्ग । यो सहरमा जति कार छन् त्यसको दोब्बर साइकल छन् । फ्राईबुर्ग सहरकाे पुरानाे भागलाई पूर्णत कार-मुक्त गरिएको छ । २ लाख ३० हजार मानिस बस्ने यो सहरकाे टाउन हल जीरो इनर्जी कन्सेप्टमा चलेको संसारको पहिलो टाउन हल हो ।
सहर नम्बर दुई –
ताइपेई ताईवानको राजधानी ताइपेई आधुनिकता र पुरातनको अद्भभुत संगम हो । यहाँ धेरै पुराना संरचना र आधुनिक भवन साथ-साथ देखिन्छन् । २७ लाख मानिस बस्ने एसियाको यो सहर समलैंगिकहरुका लागि मित्रवत मानिन्छ ।
सहर नम्बर एक –
अकल्यान्ड न्युजील्यान्डकाे यो सहर कैंयन दृष्टिले अचम्मित तुल्याउने खालको छ । यहाँ ५३ वटा ज्वालामुखी , ५० वटा द्वीप, तीन वाइन क्षेत्र तथा दर्जनाैं समुद्रतट छन् । १५ लाख जनसंख्या भएको अकल्यान्डलाई हेर्न र बुझ्न यसको अनेकौं पटकको यात्रा पनि कम हुने लोनलि प्लानेटले जनाएको छ ।
क्षेत्र नम्बर तीन –
जिशुआंगतिन यो क्षेत्र दक्षिण चीनको दुर्गम इलाका हो । म्यानमार र लाओसको सीमामा पर्ने यो क्षेत्रको चर्चा यसको सांस्कृतिक विविधता, तातो मौसम तथा अनेक किसिमका परिकारका लागि हुने गरेको छ ।
क्षेत्र नम्बर दुई –
वेस्ट भर्जीनिया अमेरिकाको यो क्षेत्र मानिसहरुको त्यति नजर परेको क्षेत्र होइन । यहाँ अहिले सम्म पर्यटकहरुको भिड लागिसकेको छैन । यहाँको जनघनत्व पनि पातलै छ । यो पहाडि क्षेत्र हो र हिजोआज यो हरित इलाका बन्ने क्रममा अघि बढेको छ ।
क्षेत्र नम्बर एक –
वेस्टफ्योर्ड्स आइसल्यान्डको यो क्षेत्र पर्यटकहरुको भीडभाडबाट धेरै टाढा रहेको एउटा सानो द्वीप हो जुन मुख्य भूमिबाट सात किलोमीटर पर छ । वन्य जीवनको अद्भभुत विविधता समेटिएको यो एउटा यस्तो प्यारो गाउँ हो जहाँ शान्ति छ तर प्लास्टिक भने छैन ।
देश नम्बर तिन –
मरिशस हिन्द महासागरको यो द्वीपीय देश आफ्नो शमुन्द्रि किनारका कारण पहिले देखि नै खुब चर्चित छ । यदि तपाईं समुद्र सँग रमाउनु हुन्छ भने तपाईंका लागि यो देश स्वर्ग भन्दा कम छैन् ।
देश नम्बर दुई –
नर्वे नर्डिक देश नर्वे संसारमा सबैभन्दा बसोबास योग्य मुलुक मानिन्छ । यहाँको शिक्षा, स्वास्थ्य, रोजगारि सबै कुरा अव्वल दर्जाका छन् । यो सबै कसरी सम्भव भयो हेर्नु त पर्यो नि ।
देश नम्बर एक –
कुक आईल्यान्ड संसारकै सबैभन्दा दुर्गममा अवस्थित निकै सानो देश कुक आईल्यान्ड १५ वटा द्वीपकाे समूह हो । कल्पना भन्दा परको सुन्दरता तथा सफा यो देशमा मन अघाउँदैन । यदि तपाईंलाई नीलो रंग मनपर्छ भने नीलो आकाश मुनिको यो नीलो संसारले पक्कै जित्नेछ ।
प्रतिक्रिया